ब्रेकिङ न्युज

मोलुङमा आमा सुरक्षा कार्यक्रमः निःशुल्क गर्भवती भिडियो एक्सरे   |  ‘अर्ग्यानिक’ खानेकुरामा जोड दिन सामुदायिक विद्यालयमा चमेनागृह   |  पाँच लाख राशीको पसी शेर्पा स्मृती भलिबल आफ्नै खेलमैदानमा   |  दावा एग्रो टुरीजम रिसोर्टमा आगलागीः एक करोडको क्षती   |  चित्रेका युवाहरुलाई शिली नृत्य प्रशिक्षण   |  खिजिदेम्बामा सोनाम ल्होसारको शुभकामना आदानप्रदान   |  मोलुङ हाईड्रोको शेयर भर्ने म्याद थप   |  विपन्न परिवारलाई जाडो छल्न कम्बल   |  

Single Image

प्राविधिक धारको विद्यालयले शिक्षक पाएनन

  • प्रकाशित मिति: २५-साउन-२०७९ ८:२६
  • रेडियो ओखलढुंगा
प्राविधिक धारको विद्यालयले शिक्षक पाएनन

काठमाडौं (रेडियो ओखलढुंगा) । प्राविधिक धारको विषय पठनपाठन हुने अधिकांश विद्यालयलाई शिक्षक ल्याउन र टिकाउन चुनौति देखिएको छ । जनशक्ति पाउनै गाह्रो र पाएपनि टिकाउन मुस्किल भएपछि चुनौती थपिएको हो । ओलखढुगांको सुनकोशी गाउँपालिका वडा नं ७ प्रबुद्ध माविमा कृषि समूहको बाली विज्ञान पढाइ हुन्छ । शैक्षिक वर्ष २०६९ देखि पठनपाठन हुँदै आएको उक्त विद्यालयमा प्राविधिक धारमा पढाउने शिक्षकहरु ल्याएपनि टिकाउनै मुस्किल भएको र नियुक्ति प्रक्रिया बारम्बार गर्दा हैरान भएको प्रधानाध्यापक टंकलाल गिरीले बताए । एक स्थानीय तह एक प्राविधिक विद्यालयको नीति अनुरुप सबै स्थानीय तहमा एक प्राविधिक विद्यालय स्थापना गरिदैछ । स्थापना भई संचालनमा रहेका विद्यालयमा शिक्षकको आपूर्ति गर्न समस्या भएको हो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top