ब्रेकिङ न्युज

निशुल्क लोकसेवा तयारी कक्षा सुरु   |  करेन्ट लागेर महिलाको मृत्यु   |  ट्रयाक्टर दुर्घटना हुँदा २ घाईते चालक फरार   |  शेर्पा संघ प्रदेश नं. १ को अध्यक्षमा पासाङ   |  ओखलढुंगामा बिना बिलको पेय पदार्थ सहित मालबाहक ट्रक नियन्त्रणमा   |  ओखलढुंगामा श्रीमानको कुटाईबाट श्रीमतीको ज्यान गयो, श्रीमान पक्राउ   |  सोलुखुम्बुमा भएको भलिबल खेलको उपाधि युवा संघ ओखलढुंगाले जित्यो   |  जबरजस्ती करणी अभियोगमा मोलुङका एक पुरुष पक्राउ   |  

Single Image

निजामती सेवा ऐन यथाशीघ्र जारी गर्न आग्रह

  • प्रकाशित मिति: २५-साउन-२०७९ १२:५६
  • रेडियो ओखलढुंगा
निजामती सेवा ऐन यथाशीघ्र जारी गर्न आग्रह

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा ऐन यथाशीघ्र जारी गर्न सरकारलाई आग्रह गरेको छ । धुलिखेलमा बसेको विषयगत समितिको बैठकपछि मन्त्रालयले प्रशासनिक संघीयता कार्यान्वयनलाई संस्थानगत गर्न ऐन आवश्यक रहेको भन्दै यस्तो आग्रह गरेको हो । यस्तै, कर्मचारी सम्बन्धी राष्ट्रिय नीति बनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आग्रह गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको छ । स्थानीय तहमा स्वीकृत दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नहुँदा कार्यसम्पादनमा बाधा पुगेको निष्कर्ष निकाल्दै बैठकले कानूनअनुसार कर्मचारी भर्ना गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । अहिले स्थानीय तहमा करारमा रहेका कर्मचारीहरू हटाउने र नयाँ नियुक्त गर्ने क्रम जारी रहेको छ । मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सोको व्यवस्थापनका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ अनुसार करार सेवा व्यवस्थापन गरी समस्या समाधान गर्न स्थानीय सरकारहरूलाई निर्देशन दिने निर्णय गरेको छ । बैठकले संघीयता कार्यान्वयन समन्वय समिति गठन गर्ने निर्णय पनि गरेको छ । समितिमा मन्त्रालयका सचिवको अध्यक्षता रहने छ । यस्तै सातै प्रदेशका सम्बन्धित विषय हेर्ने सचिव सदस्य, अध्यक्षले तोकेका स्थानीय तहका २ जना प्रमुख प्रशासकीय अधिकृत सदस्य रहने व्यवस्था गरिएको छ । मन्त्रालयको संघीय मामिला महाशाखा प्रमुख सदस्य सचिव रहने निर्णयमा उल्लेख छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top