ब्रेकिङ न्युज

मोलुङमा आमा सुरक्षा कार्यक्रमः निःशुल्क गर्भवती भिडियो एक्सरे   |  ‘अर्ग्यानिक’ खानेकुरामा जोड दिन सामुदायिक विद्यालयमा चमेनागृह   |  पाँच लाख राशीको पसी शेर्पा स्मृती भलिबल आफ्नै खेलमैदानमा   |  दावा एग्रो टुरीजम रिसोर्टमा आगलागीः एक करोडको क्षती   |  चित्रेका युवाहरुलाई शिली नृत्य प्रशिक्षण   |  खिजिदेम्बामा सोनाम ल्होसारको शुभकामना आदानप्रदान   |  मोलुङ हाईड्रोको शेयर भर्ने म्याद थप   |  विपन्न परिवारलाई जाडो छल्न कम्बल   |  

Single Image

पत्र आदनप्रदान नहुँदा हुलाक सेवा निष्कृय

  • प्रकाशित मिति: २८-साउन-२०७९ ७:००
  • रेडियो ओखलढुंगा
पत्र आदनप्रदान नहुँदा हुलाक सेवा निष्कृय

काठमाडौं (रेडियो ओखलढुंगा) । प्रविधिको पहुँच विस्तार हुँदै गएपछि हुलाक सेवा निष्कृय बन्दै गएको छ । गाउँ–गाउँमा विद्युतसँगै टेलिफोन र इन्टरनेटको विस्तार भएसँगै चिठीपत्रको आदानप्रदान न्यून मात्रामा हुँदा निष्कृय भएको हो । जिल्ला हुलाक कार्यालयबाट चिठी रजिष्ट्रेशन, टिकट विक्री, दर्ता तथा पोष्टिङको काम हुने गरेको छ । चिठीपत्र तथा पुलिन्दाहरु समयमै सम्बन्धित समक्ष पु¥याउन आवश्यक व्यवस्थापन गर्ने, निर्धारित समयमै हुलाक टिकट प्रकाशन गर्ने मुख्य जिम्मेवारी हो । तर, पछिल्ला दिनहरुमा हुलाक कार्यालयहरुको कार्यबोझ कम हुँदै गएको, कर्मचारी बस्न नचाहने तथा हुलाकी हल्काराहरुको पद रिक्त हुँदै गएकोले इलाका हुलाक कार्यालयहरुको काम प्रभावकारी हुन नसकेको पाइन्छ । बदलिंदो परिस्थितिलाई ध्यानमा राखी हुलाक सेवालाई थप विश्वसनीय, प्रभावकारी, प्रतिष्पर्धी र जनमूखी बनाउनु आवश्यक भएको ओखलढुगां जिल्ला हुलाक कार्यलय प्रमुख सुजन घिमिरले बताए । हुलाक सेवालाई सुधार गर्दै समयानुकुल बनाउनुपर्नेमा घिमिरेको जोड छ । हल्कारा कविता खड्काले पुलिन्दा पार्सल मासिक रुपमा ५० देखि बढीमा १ सय २० सम्म मात्र हुने गरेको जानकारी दिए । अतिरिक्त हुलाकमा हुलाक प्रतिनिधि, डाँक बहाक र पत्र वितरक गरी तीन किसिमका जनशक्ति रहने गरेका छन् । हाल अधिकांश स्थानमा यातायातको पहुँच पुगेको, डाँक ढुवानी र वितरणको कार्यमा कमी आएको, कर्मचारी भने ठूलो संख्यामा हुँदा बजेट तथा जनशक्ति व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण बन्दै गइरहेको छ । पछिल्लो समय जिल्ला हुलाकलाई लोककल्याणकारी विज्ञापनका लागि सिफारिस, पत्रकार परिचय पत्र नविकरण, पत्रपत्रिका दर्ता, सञ्चारमाध्यम नविकरण लगायतका कार्यपनि थपिएको छ । जिल्लामा त्यसक्षेत्रमा काम गर्नेहरु न्यून रहेकाले पनि कार्यालय शुन्य प्राय बनेको छ । हाल देशभर करिब ४ हजार कार्यालयबाट हुलाक सेवा प्रवाह भइरहेको अवस्था छ । ती कार्यालयहरुमा करिब १७ हजार जनशक्ति कार्यरत छन् । हाल नेपालमा हुलाक सेवा सञ्चालन र व्यवस्थापनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा विभाग, हुलाक सेवा विभाग अन्तर्गत रहने गरी ४ वटा केन्द्रीय कार्यालयहरु, हुलाक सेवा विभाग अन्तर्गत ४ वटा निर्देशनालयहरु, ७० वटा जिल्ला हुलाक कार्यालयहरु, ८ सय ४२ वटा इलाका हुलाक कार्यालयहरु र ३ हजार ७४ वटा अतिरिक्त हुलाक कार्यालयहरु सञ्चालनमा रहेका छन् ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top