ब्रेकिङ न्युज

निशुल्क लोकसेवा तयारी कक्षा सुरु   |  करेन्ट लागेर महिलाको मृत्यु   |  ट्रयाक्टर दुर्घटना हुँदा २ घाईते चालक फरार   |  शेर्पा संघ प्रदेश नं. १ को अध्यक्षमा पासाङ   |  ओखलढुंगामा बिना बिलको पेय पदार्थ सहित मालबाहक ट्रक नियन्त्रणमा   |  ओखलढुंगामा श्रीमानको कुटाईबाट श्रीमतीको ज्यान गयो, श्रीमान पक्राउ   |  सोलुखुम्बुमा भएको भलिबल खेलको उपाधि युवा संघ ओखलढुंगाले जित्यो   |  जबरजस्ती करणी अभियोगमा मोलुङका एक पुरुष पक्राउ   |  

Single Image

नेत्रित्ववर्गको मानविय सम्वेदनामा खिया !

  • प्रकाशित मिति: ०९-भाद्र-२०७९ ७:०१
  • रेडियो ओखलढुंगा
नेत्रित्ववर्गको मानविय सम्वेदनामा खिया !

नेपाली समाज सदिऔं कालदेखि पूर्वीय मूल्य, मान्यता तथा सम्ब्रिद्द सभ्यतामा जीवित समाज हो । आफ्नै देश, काल, वातावरण अनुकुल समाजलाई एक स्वस्थ, सम्ब्रिद्द, गतिशील, शिक्षित बनाउन पूर्वजहरुले अहोरात्र खटेको देश हो। ठुला(ठुला देखि लिएर स(साना मसिना रूपमा समेत समाजको समबेदनालाई ध्यानमा राखी संमृद्ध मूल्य, मान्यता, संस्कार, संस्कृतिहरुको आविस्कार भएका थिए। तिनै मूल्य मान्यतालाई समाजले आफ्नो अमूल्य आश्था, विश्वास, व्यवहार तथा चिनारीको रूपमा अंगिकार गरेका छन्। अधिकांश नेपाली समाज शास्त्र तथा पूर्ख्योउलि सांस्कृतिक परम्परा अनुसार अगाडी बढेका छन्। बाहिरिया विकास, भौतिक सुबिधा, तथा सम्ब्रिद्दतामा जति बृद्दि भएतापनि आफ्नै मौलिकपना , मानबियता तथा मानबिय सम्बेदनाहरुलाई जीवनयात्राका सहयात्रीको रूपमा अंगालेका छन्। समाजमा के गर्न हुने, के नहुने भन्ने बारेमा स(साना रूपमा हाम्रा संस्कृतिक सम्पदाहरूले डोर्याएका छन्। पछिल्लो समयमा देशले बिकासमा ठुलै फड्को मारेको छ। संचार तथा यातायातले नेपालीहरुको कठिन जीवनीलाई सहजता थपेकै छ। आधुनिकता तथा आयातित बस्तु, सुबिधा, प्रबिधिले जीवनलाई सहजता तिर डोर्याएको छ वा जटिलता तर्फ धकेलेको छ त्यसको पाटो छुट्टै छ। यो लेखले बर्तमान जटिल समस्या जुन नेपाली राजधानीबासीले महिनौं देखि झेलीरहेका छन् त्यता तर्फ़ केन्द्रित छ। नेपालीको गर्व गर्ने स्थान राजधानी काठमाडौँ उपत्यकाक़ा सडक, पेटी, गल्लि, घर, आँगन तथा मूल ढोकामा फोहोरको डङ्गुर थोपरिएको महिनौं भईसक्यो। बिगतमा सहज रूपमा बिसर्जन हुँदै आएको फोहोर स्थानीय चुनाबको परिणाम पश्चात एक्कासी बल्झियो । कसैले फोहोरलाई नै मुख्य एजेन्डा बनाइ नसुल्झाइ नछाड्ने भन्दा झन् गहिरो समस्याको भूमरीमा होमिन पुग्यो। कसैले उसको एजेन्डा बिफलाई बनाउने भनेर त होला फोहोरले घर, आँगन, गल्लि, सडक छाड्नै सकेन। यत्रा बग्रेल्ती राजनैतिक पार्टीहरु छन् तिनका नेताको जिम्मेवारी हैन र देशको राजधानी सफा, सुग्घर, र सुन्दर बनाउने ? सरकारका जिम्मेवारी बहन गरेका प्रधान मन्त्रि, सम्बन्धित मन्त्रीको उत्तरदायित्व हैन फोहोर ब्यबस्थापन गर्ने ? सामान्य अवस्थामा सबैजना आ(आफ्नै डम्फू बजाउन तल्लिन रहेतापनि फोहोर जस्तो नागरिकको जीवन, स्वास्थ्य तथा सभ्यतामा गम्भीर असर पुर्याउने भयानक समस्यामा त एकजूट हुनु पर्ने हैन ? यो राष्ट्रिय समस्याको रूपमा परिणत हुन लागेको समस्या समाधानलाई सामूहिक अपनत्व ग्रहण गर्ने आँट नगर्ने र ? राजधानीमा हैंजा, डेंगु, कोरोनाको प्रकोप फैलेकै छ। फोहोर उठ्न नदिएर अब कुन महामारीको पर्खाइमा छौं ? के प्रलयको प्रतिक्ष्यामा छौं ? कस्तो चमत्कारिता कुरेका छौं ? कि बिदेशीकै साथ् खोजेका छौं ? अर्काले दिएको प्रत्यक चमत्कारिता पछाडी मन्द बिष लुकेको चाल पाएकै हौंला ? राजनीतिलाई फोहोरी खेल भन्ने गरिन्छ त्यो अदृश्य रूपी हो, काम फोहोरी भएतापनि बाहिरि रूप सफा देखाउन सक्छ। तर आज स्वयं फोहोरकै पर्बत सिर्जना हुँदा, फोहोरले शहरै पुरिदिदा पनि फोहोर नदेख्ने, यस्ले नडाम्ने, नगुम्साउने, ननिसास्सिने१ बरु राजनीतिको चेस खेलमा एक बलियो गोटीको रूपमा प्रयोग गर्नेरु कति सम्म आडम्बरी, कति सम्म अमानबिय, कति सम्म असंबेदन शील ? आफ्नो राजनैतिक खेल जित्ने घमण्डको निम्ति कत्ति सम्म गिर्ने ? लामो जनयुद्दले पिल्साएको, महाभूकम्पले थिल्थिलाएको, कोरोनाले न्याकेको नेपालीलाई सहज बिसर्जन तथा ब्यबस्थापन हुँदै गरेको फोहोरलाई जबर्जस्ति प्रयोग गरि दूरुपयोग गरि नेपालीलाइ सडाउन लाग्दैछौरु आफ्ना पूर्खाको सांस्कृतिक सम्पदा तर्फ एक क्षण पनि सोचेनौं। सांस्कृतिक सम्पदा सफा सुग्घर, सुन्दर राख्ने हो न कि ब्यबस्थापन हुँदै आएको फोहोर अनेक तिकडम प्रयोग गरि घर, आँगन, बाटो, चौबाटोमा थुपार्ने। फोहोरको समस्याबाट हैंजा हौसी सक्यो , ड़ेंगुले नेपालीलाई डस्न थाली सक्यो, कोरोनाको महामारी अझै नटरेको अबस्था छ। त्यसमाथि कालो बजारी, ठग , नचलाउने मिटर बोकी ट्याक्सीलाई जनता ठग्ने लाइसेन्स बाँड्ने चलन, पुरानो सरकारले छाडेको कमिसनको पुरानै जालोले समाज आक्रान्त छ। त्यस माथि फोहोरको डङ्गुर थुपारेर के गर्न चाहेको ? अब कुन महामारीको स्वागतार्थ प्रतिक्षा रत छौ ? राज्यको जिम्मेवारी भनेको असन्तुलन, अशान्ति, अस्वस्थताको सृजना हो त ? युवा वर्ग तथा अबोध स्कुले बालबालीकाले समेत नेत्रीत्व वर्ग तथा सम्बन्धित नेतालाई दिनमा दश पटक थुकीरहेका छन् न कि फोहोरलाई। यत्ति सम्म आधारभूत नैतिकता समेत नरहेको नेता, निकाय संसारमा भलै पाइन्छ होला । त्यसलाई अझ आफ्नो बलियो हतियारको रूपमा दूरूपयोग गर्ने गैह्र जिम्मेवार प्रतिपक्ष , लम्पसारबादी नेता, कार्यकर्ताको नियत त्यो फोहोरको गन्ध भन्दा फोहोर रहेछ कि कसो ? पहुँचवालाहरू राज्यको ढुकुटीबाट एयर फिल्टर, स्मेल फिल्टर आदि इत्यादी प्रयोग गरि स्वस्थ सास फेर्ला, नेताहरूसम्म पनि त्यसको भाग पुग्ला, केहि कार्यकर्ताहरू सम्म कनिका पुग्ला, कोहि त बिगतमा झैं धम्काएरै भएपनि जोहो गर्लान तर निमुखा सर्बसाधारणले अस्वभाबिक अस्वस्थता र मरणलाइ ग्रहण गर्नु सिबाय उपाय नास्तु। फोहोर बिसर्जन स्थलबाट प्रभावित स्थानीयलाई सुरक्षित, स्वस्थ, र सुन्दर ब्यबस्थापन राज्यको कर्तब्य हो। चाहिने नचाहिने ‘स्क्याण्डल’ बनाइ अधिकारको बाजा बजाउने हरिया एनजिओ, आइएनजिओ कुन दुलोमा पसे ? करिब आधा करोड राजधानी बासि र दैनिक ओहोर दोहोर गर्नु पर्ने नागरिक तथा बिसर्जन स्थलका नागरिकको स्वास्थ्य, सभ्यता तथा जीवन जोखिमको गहिराईमा डुब्दा पनि तिनको परोपकारी भावना किन जागृत भएन ? यस्तो कठिन अवस्थामा पनि जिम्मेवार बहन गर्न हिचकिचाउने पचासौं हजारको संख्यामा रहेका ती संस्थाहरूको के उपयोगिता ? समाजको बिद्दोत वर्ग तथा विद्वानहरूको बिद्दोतामा समेत खिया लागेकै हो त ? समाजमा अराजकता, संक्रमण, अस्वस्थता फैलाउने, त्यसको साथ् साथै सिंगो राष्ट्रकै गरिमामा आंच आउने अबस्थामा समेत फोहोरलाइ राजनीतिको गोटीको रूपमा प्रयोग गर्न दिइराख्नु, अवाज नउठाउनु, नागरिकलाई सचेत नगराउनुले तिम्रो बिद्धोताको के उपयोग भयो समाजलाई साथै राष्ट्रलाईरु त्यसैले उठ, जाग, समग्र नेपालीको सभ्यतालाइ कुरूप बनाउने फोहोर र फोहोरी खेलको सुन्दर तथा दीगो ब्यबस्थापनमा जुटौं। पर्यटनका हिमायतीहरू पनि निन्द्रामै छन् कि कसो ? कहीं कतै चरो मूसो अवाज निकाल्दैन तरु पर्यटनको विज्ञ भई विकास गर्छु भन्नेहरू सत्ता, भत्ता एवं यात्रामै रुमल्लिंदै हो त ? पर्यटकहरू नेपालबारे चासो दिइ यसको प्रत्यक पाटाहरू पल्टाएर बुझ्ने बेला, नेपाल जाउँ कि अन्तै जाउँ भनि निर्णय गर्ने बेला, भ्रमणस्थलको तय गर्ने बेला, उनीहरू भ्रमणमा निस्कने बेला उनीहरूको पहिलो पाइला टेकिने सुन्दर राजधानी फोहरले कुरुप नबनाउ। तीन बर्षदेखि थल्लिएर उठ्न र तंग्रिन नसकेका पर्यटन उद्द्योग तथा त्यसमा आश्रित अन्य उद्द्योग साथै श्रमजीबी कर्मचारी अनि तिनका परिवारहरुप्रति अन्याय त नगर पर्यटनको छबि धमिल्ल्याएर । कम्तिमा आफ्नो पूर्खाले दिएको सभ्यता त जोगाऔं। संबेदनहीनताको तन्द्राबाट ब्युँझ, सम्बेदना तथा उत्तरदायीत्वमा लागेका खियाहरू हटाऊ, समाजमा अमन चैन , स्वस्थ रूपमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर।


आङ लमी शेर्पा

लेखिका हिमाली बौद्ध दर्शन सम्वन्धि अनुसन्धानदाता हुन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top