ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

ओखलढुंगामा इश्वर रिजालले भने ‘गठवन्धनका कारण देश संकटमा’

  • प्रकाशित मिति: १८-भाद्र-२०७९ ३:०७
  • रेडियो ओखलढुंगा
ओखलढुंगामा इश्वर रिजालले भने ‘गठवन्धनका कारण देश संकटमा’

ओखलढुंगा (रेडियो ओखलढुंगा) । नेकपा एमालेका पोलिटव्यूरो सदस्य इश्वर रिजालले वर्तमान गठवन्धनका कारण देर्श संकटमा परेको आरोप लगाएका छन् । लिखु गाउँपालिकास्तरीय कार्यकर्ता प्रशिक्षणका क्रममा ओखलढुंगा आइपुगेका रेडियो ओखलढुंगासँग संक्षिप्त प्रतिक्रिया दिँँदै यस्तो बताएका हुन् । आगामी संघ तथा प्रदेशसभा निर्वाचनमा शसक्त रुपमा प्रस्तुत हुन जनताका माझमा आएको उल्लेख गर्दै नेता रिजालले जनताले एमालले इतरका शक्तिलाई रुचाउन नसक्ने दाबी गरे । जनमतको हकमा आफूहरु पहिलो भएकाले शक्तिलाई परिचालन गर्दै थप जनमत जुटाउने, जनतालाई सचेत गराउने अभियानसहित आगामी निर्वाचनमा पहिलो पार्टीको रुपमा उदय हुने र सत्ता सञ्चालन गर्ने रणनीति रहेको रिजालको भनाई छ । यसैवीच, नेकपा एमाले लिखु गाउँकमिटिको आयोजनामा एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । लिखु गाउँपालिकाको यसममा पोलिटव्यूरो सदस्य इश्वर रिजालको प्रमुख आतिथ्यतामा प्रशिक्षण सम्पन्न भएको हो । करीव २ सय जना स्थानीय नेता कार्यकता सहभागि रहेको प्रशिक्षणमा प्रमुख अतिथि रिजाल, एमाले केन्द्रीय सदस्यद्धय यज्ञराज सुनुवार र किशोर अधिकारी लगायतले प्रशिक्षण मन्तव्य व्यक्त गर्नुभयो । वर्तमान राजनैतिक अवस्था, समृद्ध नेपाल सुखी नेपाल बनाउने महाअभियनलाई सफल पार्न खेल्नु पर्ने भूमिका, आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने र फेरि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सत्ता प्रमुख बनाएर विगतमा एमालेले उठाएका मुद्दाहरुलाई संस्थागत गर्ने विषयमा केन्द्रीत भएको कार्यक्रमका प्रशिक्षक तथा प्रदेश सदस्य नानीबाबु बुढाथोकीले जानकारी दिए ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top