१५ फागुन, काठमाडौं । सञ्जय स्मृति प्रतिष्ठानले पाल्पामा राष्ट्रियस्तरको महिला बीच भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सात प्रदेश र ३ विभागीय टोलीको सहभागिता रहने प्रतियोगिता चैत २४ देखि ३ दिनसम्म सञ्चालन हुनेछ ।
प्रतिष्ठानले खेलकुद र पर्यटनमा टेवा पुर्याउने उद्देश्यले पाल्पाको रानीमहल परिसरमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न लागेको हो । भलिबलको एउटा आधिकारिक विधा भए पनि बीच भलिबल नेपालमा निकै कम खेलिनेमध्ये पर्छ । २०१९ मा दक्षिण एसियाली खेलकुदका क्रममा प्रतियोगिता आयोजना भएयता बीच भलिबलको कुनै पनि प्रतियोगिता भएका छैनन् । यो प्रतियोगितालाई नेपाल भलिबल संघले प्राविधिक सहयोग गर्नेछ ।