ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

१९ औं निजामति सेवा दिवसः व्याटमिन्टन प्रतियोगिता विजेताहरुलाई पुरस्कार वितरण

  • प्रकाशित मिति: २२-भाद्र-२०७९ १:५१
  • रेडियो ओखलढुंगा
१९ औं निजामति सेवा दिवसः व्याटमिन्टन प्रतियोगिता विजेताहरुलाई पुरस्कार वितरण

ओखलढुंगा (रेडियो ओखलढुंगा)

१९ औं निजामति सेवा दिवसको अवसरमा आयोजित खुल्ला व्याटमिन्टन प्रतियोगिता विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । कर्मचारी मिलन केन्द्रको आयोजनामा भएको प्रतियोगितामा विभिन्न स्थान हासिल गरको विजेताहरुलाई सिद्धिचरण नगरपालिकामा आयोजित एक समारोहकावीच पुरस्कार वितरण गरेको हो ।

प्रतियोगितामा महिला युगलतर्र्फ तारा श्रेष्ठ र सावित्रा राई, पुरुष युगल समूह बि तर्फ कुमार कट्वाल र झुकेन्द्र मगर प्रथम भएका थिए । त्यस्तै, भेट्रान्स युगल ४५ बर्षमाथि तर्फ श्रवण कुमार चौधरी र कुमार कट्वाल, पुरुष युगलतर्फ दिलकुमार तामाङ र रामकुमार राई प्रथम भएका थिए । उनीहरुले नगद १० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

महिला युगलतर्फ अस्मिका राई र निलम राईले दोस्रो स्थान प्राप्त गरे । पुरुष युगल समूह बी तर्फ अर्जुन नेम्बाङ र सुमन राई द्धितीय स्थान हासिल गरेको थिए । त्यस्तै, भेट्रोन युगल ४५ बर्षमाथि तर्फ श्रवण घिमिरे र फणिन्द्र केसीले द्धितीय स्थान प्राप्त गरे । उनीहरुले नगद पाँच हजारका साथमा ट्फी, मेडल र प्रमाण पत्र प्राप्त गरे । अविन्द्र राई, जेनु कालिकोटे, दिलकुमार राई ए र दिलकुमार राई बी ले तृतीय स्थान हासिल गरेका थिए । त्यसैगरी, मुरारी चौधरी, धीरेन्द्र रुम्दाली, सर्वधन राई र विनोद ताम्राकार तृतीय स्थान हासिल गरेका थिए । तृतीय स्थान हालि गर्नेले नगद ३ हजार, ट्फी, मेडल र प्रमाण पत्र प्राप्त गरेको व्यवस्थापक नेत्रबहादुर नेम्बाङले जानकारी दिए ।

पुरुष युगलतर्फ विकास कट्वाल र हेमन्त राई द्धितीय स्थान प्राप्त गरे भने कमल तामाङ, हितबहादुुर राई, श्रवणकुमार चौधरी र सञ्जय राईले तृतीय स्थान प्राप्त गरेका छन् । दिवसको अवसरमा कृषि ज्ञान केन्द्रका कार्यालय सहयोगी अमृत बहादुर मगर, सरकारी वकिल कार्यालयका कार्यालय सहयोगी दिलकुमारी दाहाल, जिल्ला प्रशासन कार्यालयका खरीदार विवेक पौडल, चम्पादेवी गाउँपालिकाका अहेवा चौथो ऋषिराम घिमिरे र कोष तथा लेखा नियन्त्रकको कार्यालयका लेखापाल राजेन्द्र राईलाई बर्ष उत्कृष्ट कर्मचारी छनौट गरी नगद ५ हजार र सम्मान पत्र प्रदान गरे ।

बरिष्ठ न्यायधीश बीरबहादुर डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर तेजेन खनाल तेजेन्द्र लगायतले आफ्नो भनाइ राखेका थिए । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम स्थान हासिल गर्नेले कर्वडहल मर्मतका लागि पुरस्कार वापतको रकम हस्तान्तरण समेत गरेका थिए ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top