६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

आर्मी क्याम्प नजिकै बोलेरो दुर्घटनाः एक गम्भिर घाईते



ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ११ रमाईलोडाँडा स्थित अरिदमन गण (आर्मी क्याम्प) अगाडी बोलेरो दुर्घटना हुँदा नाम्गेल शेर्पा गम्भिर घाईते भएका छन् । पत्तालेबाट ओखलढुंगा बजार आउदै गरेको प्रदेश १–०७–००१ च ०००५ नम्बरको बोलेरो शुक्रबार दिउँसो ४ः१५ बजे दुर्घटना हुँदा सिद्धिचरण नगरपालिका ७ विगुटारका ४४ वर्षिय शेर्पा गम्भिर घाईते भएका हुन् ।
शेर्पाको टाउकोमा चोट लागेको हुनाले उनलाई ओखलढुंगा सामुदायीक अस्पताल मिसन लगिएको प्रहरीले जनाएको छ । अन्य यात्रुहरुको अवस्था भने सामान्य रहेको छ । चालक सहित गाडीमा ४ जना यात्रु सवार थिए । गाडी अनियन्त्रित भई दुर्घटना भएको चालक सिद्धिचरण नगरपालिका– ५ डुम्रेका पेमलाक्पा शेर्पाले जनाएको छ ।

 

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ११ : ०८ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित