ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

ओखलढुंगाबाट २ सय २४ खेलाडी विदाई

  • प्रकाशित मिति: २७-भाद्र-२०७९ १:३५
  • रेडियो ओखलढुंगा
ओखलढुंगाबाट २ सय २४ खेलाडी विदाई

ओखलढुंगा (रेडियो ओखलढुंगा) । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गत प्रदेश प्रतियोगीतामा सहभागी हुन ओखलढुंगाबाट २ सय २४ जना खेलाडीहरुलाई सिद्धिचरण नगरपालिकामा एक समारोह आयोजना गरी विदाई गरिएको छ । जिल्ला खेलकुद विकास समिति ओखलढुंगाले भाद्र २९ गतेबाट प्रदेश १ को विभिन्न जिल्लामा हुने प्रतियोगीतामा सहभागि हुने खेलाडीहरुलाई विदाई गरेको हो । ओखलढुंगाबाट २३ वटा खेलमा खेलाडीहरु सहभागी हुनेछन् । तर, विदाई कार्यक्रममा सडक बाटो, आर्थिक अभाव लगायत समस्याका कारण उपस्थित हुन नसकेको समितिका अध्यक्ष प्रविन श्रेष्ठले बताए ।

अनुशासित भएर खेलमा सहभागि भई जिल्लाको नाम उँचो राख्न सिद्धिचरण नगरपालिका प्रमुख तेजन खनाल तेजेन्द्रले खेलाडीहरुलाई आग्रह गरे । खेलकूदको विकासका लागि स्थानीय तहले निरन्तर सहयोग गर्ने खनालले प्रतिवद्धता ब्यक्त गरे । खेल र खेलाडीलाई राज्यले खास रुपमा सहयोग गर्न नसकेको स्वीकार्दै नगर उपप्रमुख केदारबाबु बस्नेतले स्थानीय सरकारले ठोस कार्ययोजना बनाएर खेलकूदको विकासमा लाग्न नसकेको भन्दै दुःख ब्यक्त गरे । खेलाडीहरुलाई आफ्नो कौसलता प्रदर्शनका लागि पनि स्थानीय सरकारले हौसला प्रदान गर्ने खाले कार्यक्रम आगामी दिनमा अघि बढाउने बस्नेतको भनाइ छ । सहर बजारका सुविधा सम्पन्न देखि दुरदराजका परिवारका बालबालिकाहरु प्रतिभावन जन्मने, समान अवसर, राज्यको ध्यान पुग्ने हो भने सबैतिरका खेलप्रति रुचि भएकाहरुले आफ्नो प्रतिभा देखाएर राज्यको नाम रोषण गराउन पछि नपर्ने खेलाडीहरुको दाबी छ । तर, खेलक्षेत्रमा राज्यले ठोस रुपमा चासो नदेखाउँदा खेल क्षेत्र र खेलाडीको विकास हुन नसकेको भलिबल खेलाडी पासाङ ल्हमु शेर्पाले गुनासो गरिन् । नियमित रुपमा खेलकूद सम्वन्धि गतिविधिहरु सञ्चालन गर्ने वातावरण बनाउँदै खेलक्षेत्रमा लागेकाहरुको व्यवस्थापन र सम्मान गर्ने खाले कार्यक्रम ल्याउन जरुरी रहेको उनको जोड छ । स्थानीय सरकार अधिकार सम्पन्न भईसकेको अवस्थामा खेल क्षेत्रमा पनि विशेष कार्यक्रमहरु ल्याउनतर्फ सरोकारवालाको ध्यान जानुपर्ने खलाडीहरुको माग छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top