ओखलढुंगा (रेडियो ओखलढुंगा) सुनकोसी गाउँपालिका वडा नं. ९ कटुन्जे ओखलढुंगाले विद्युत महशुल्क वडाले संकलन गरी प्राधिकरणमा बुझाउने निर्णय गरेको छ । विद्युत महशुल बुझाउन जिल्ला सदरमुकाम नै पुग्नु पर्दा सर्वसाधारणले सास्ती खेप्नु परेको भन्दै वडाले नै महशुल्क संकलन गर्ने निर्णय गरेको हो । उपभोक्ताले वडामा प्रत्येक महिनाको २७ गतेभित्र विल सहित शुल्क बुझाउने र त्यसलाई वडाले एकमुष्ट सदरमुकाममा लगि बुझाउने निर्णय भएको वडा अध्यक्ष हितराज कार्कीले जानकारी दिए । त्यस्तै, वडाभित्र दर्ता नभएका व्यवसायलाई तत्काल दर्ता गर्न र नविकरण नभएकाले नविकरण गरेर मात्रै सञ्चालन गर्न अनुरोध गरेको छ । त्यस्तै, चाडपर्व लक्षित बजार अनुगमन तिब्रता दिने, भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासी दाबी गरी निवेदन दिएकाले ७ दिनभित्र वडामा सम्पर्क गर्नुपर्ने पनि निर्णय भएको अध्यक्ष कार्कीको भनाइ छ । त्यस्तै, मुलुकी देवानी संहिता २०७४ अनुसार श्रीमान वेपत्ता भई १२ बर्ष वा सो समय भन्दा बढी समय व्यतित गरेका महिलाहरुले सामाजिक सुरक्षा भत्ताका लागि वडामा सम्पर्क गर्न गरी नाम दर्ता गर्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस
Comment Section