७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

लाइन्सको सेवाः ८१ विद्यार्थीलाई न्यानो लुगा



ओखलढुंगा (रेडियो ओखलढुंगा) । लाइन्स क्लव अफ ओखलढुंगाले खिजीदेम्बाका एक विद्यालयलाई ट्याक्सुट वितरण गरेको छ । यहाँको वडा नं. ५ मा रहेको फुलमती माविलाई ८१ थान ट्याक्सुट वितरण गरेको हो ।
बालकक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई न्यानो लुगा वितरण अन्तर्गत क्लवले ट्याक्सुट वितरण गरेको जनाइएको छ । बाल दिवसको अवसर पारेर आयोजित एक विशेष समारोहकावीच क्लवका हरि दाहालको अगुवाईमा कपडा वितरण भएको प्रधानाध्यापक रुद्र शंकर घिमिरेले जानकारी दिए ।
कक्षा ८ सम्मका विद्यार्थीहरुका लागि अनुरोध गरेपनि संख्या धेरै भएकाले सिमितलाई मात्रै पोशाक वितरण गरेको हो । विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको क्लवले विशेष गरी शिक्षा क्षेत्रलाई जोड दिँदै आएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  २ : ३० बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित