ब्रेकिङ न्युज

खिजीदेम्बाका विद्यालयमा निःशुल्क आँखा परिक्षण हुने   |  मोलुङ ७ पात्लेमा शेर्पाको अगुवाईमा गुम्बाका लागि सहयोग   |  सिद्धिचरण ११ को नयाँ भवनबाट सेवा प्रवाह सुरुः नगरप्रमुख खनालद्धारा उद्घाटन   |  खिजीदेम्बा ४ मा फागुन २७ देखि वज्रगुरु मन्त्र जप हुने   |  लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु : विद्यमान विकृति विरुद्ध अभियान सञ्चालन गर्ने   |  खिजीदेम्बाका खड्का लिए गैरआवासीय नेपाली नागरिकता   |  बोलेरो दुर्घटनामा परि गम्भिर घाईते खिजीदेम्बाका तामाङको ICU मा उपचार हुँदैःअवस्थामा सुधार   |  १२ औँ कर दिवसको अवसरमा ओखलढुंगा र सोलुखुम्बुका १ र १ जना करदाता सम्मानित   |  

Single Image

आइसिटी कार्यक्रम सञ्चालन गर्न १६ विद्यालय छानिए

  • प्रकाशित मिति: ३१-भाद्र-२०७९ १:२७
  • रेडियो ओखलढुंगा
आइसिटी कार्यक्रम सञ्चालन गर्न १६ विद्यालय छानिए

ओखलढुंगा (रेडियो ओखलढुंगा) । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ओखलढुंगाका १६ वटा विद्यालय छनौट भएका छन् । आठ स्थानीय तहका १६ विद्यालय छनौट भएका शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्धारा जारी सूचनामा उल्लेख छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडलेको अध्यक्षतामा रहेको निर्देशक समितिले भदौ २९ गते कार्यक्रमका लागि प्रस्ताव छनौट गर्ने निर्णय गरेको थियो । छनौट भएका विद्यालयहरु सबैमा आइसिटी ल्यावका लागि रहेको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका प्रमुख नेत्रप्रसाद गजुरेलले जानकारी दिए । सिद्धिचरण नगरपालिकाका रुम्जटार उमावि रुम्जाटार, कुन्ता मा वि र कडेनी मा वि रहेका छन् । त्यस्तै, खिजिदेम्बामा फुलमति उमावि, बुद्ध आ वि छनौटमा परेका हुन् । लिखुमा ग्रामज्योती आ वि लिखु र ज्ञानज्योती मा वि छनौटमा परेको जनाइएको छ । त्यस्तैगरी, मानेभन्ज्यङको स्वर्णान्तराल मावि टोक्सेल र विद्याकालिका मा वि तिल्पुङडाँडा, मोलाङमा पात्ले माध्यमिक विद्यालय पात्ले र सिंहदेवी आधारभुत विद्यालय चेप्ट्टेडाँडा र चम्पादेवीमा बालादेवि आ वि पुनटार, जलकन्या आ वि सिल्खुवेसी र गोल्मादेवी आ वि सिमलटार छनौटमा परेका हुन् । त्यस्तै, चिशंखुगढीमा सरस्वती मा वि खानीभन्ज्याङ र सिंहदेवी आ वि नवलपुर छनौटमा परेको उल्लेख छ । राष्ट्पति शैक्षिक कार्यक्रमका स्थानीय तहहरुको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाईले एकमुष्ठ केन्द्रमा नाम पठाउने गरेको छ । विगतमा कार्यक्रम सञ्चालन ढिलाई भएको भन्दै आर्थिक बर्षको शुरुवातमा प्रस्ताव आह्वान भएको थियो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top