ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

प्रदेश १ को नाममा किरात जोडिन्छः अध्यक्ष राई

  • प्रकाशित मिति: ०३-आश्विन-२०७९ १:२९
  • रेडियो ओखलढुंगा
प्रदेश १ को नाममा किरात जोडिन्छः अध्यक्ष राई

ओखलढुंगा (रेडियो ओखलढुंगा) । किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले प्रदेश १ को नाममा किरात जोडिने दाबी गरेका छन् । यायोक्खा ओखलढुंगाको आठौं अधिवेशनलाई संवोधन गर्दै अध्यक्ष राईले जसका लागि आसन्न निर्वाचनमा पहिचान पक्षधरलाई जिताएर पठाउनुपर्ने विकल्प नभएको बताएका हुन् । सुदुरपश्चिमदेखि खोला, नालासँग जोडिएर नामाकरण गर्दै आउँदा प्रदेश १ लाई पनि कोसी राख्ने अन्तिम तयारी भएको तर यायोक्खाले रोकेको अध्यक्ष राईले दाबी गरे । पहिचान विना प्रदेशको नामाकरण गर्ने प्रयास भएपनि किरात राईहरुको आन्दोलनको दबाबले नामकरण रोकिएको राईको भनाइ छ ।

No description available. सबै प्रदेशको नामाकरण गर्दै गर्दा पहिचान पक्षमा उर्लिएको आन्दोलनले अन्तिम समयमा पनि नामाकरण हुन नसकेको र अब किरात जोडिएरै प्रदेशको नाम रहने अध्यक्ष राईको जिकीर छ । पहिचानको आधारमा नामकरणका लागि आन्दोलनलाई निरन्तर जारी राख्नुपर्ने, आन्दोलनको बलमा शक्ति आर्जन गर्नुको विकल्प नभएको उनको भनाइ छ । किरात सभ्याता, इतिहास, वल्लो किरात, माझ किरात राज्य सञ्चालन गरेको इतिहासका आधारमा पनि कुनैपनि अवस्थामा प्रदेशको नाममा किरात जोडिनु पर्ने भन्दै आफूहरुले पटक पटक आन्दोलन गर्नुपरेको र अझ शसक्त आन्दोलनको खाँचो रहेको राईको भनाइ छ । जसका लागि सबै किरात राईहरु एक ढिक्का भएर अघि बढ्नुपर्ने अध्यक्ष राईले आवश्यकता औल्याए ।

No description available.


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top