ब्रेकिङ न्युज

खिजीदेम्बाका विद्यालयमा निःशुल्क आँखा परिक्षण हुने   |  मोलुङ ७ पात्लेमा शेर्पाको अगुवाईमा गुम्बाका लागि सहयोग   |  सिद्धिचरण ११ को नयाँ भवनबाट सेवा प्रवाह सुरुः नगरप्रमुख खनालद्धारा उद्घाटन   |  खिजीदेम्बा ४ मा फागुन २७ देखि वज्रगुरु मन्त्र जप हुने   |  लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु : विद्यमान विकृति विरुद्ध अभियान सञ्चालन गर्ने   |  खिजीदेम्बाका खड्का लिए गैरआवासीय नेपाली नागरिकता   |  बोलेरो दुर्घटनामा परि गम्भिर घाईते खिजीदेम्बाका तामाङको ICU मा उपचार हुँदैःअवस्थामा सुधार   |  १२ औँ कर दिवसको अवसरमा ओखलढुंगा र सोलुखुम्बुका १ र १ जना करदाता सम्मानित   |  

Single Image

मेयर खनाल ‘भत्ता’ बाँड्न गाउँगाउँमा

  • प्रकाशित मिति: ०८-आश्विन-२०७९ ४:२५
  • रेडियो ओखलढुंगा
मेयर खनाल ‘भत्ता’ बाँड्न गाउँगाउँमा

ओखलढुंगा (रेडियो ओलखढुंगा) । यतिवेला गाउँगाउँमा सामाजिक सुरक्षा भत्ता बाँड्ने ‘फेशन’ जस्तै बनेको छ । हुनत यसअघि पनि वडा सचिव वा कार्यालय सहयोगीले घरघरमै बाँड्थे । पछिल्लो समय राष्ट्यि परिचय पत्र तथा पञ्जिकरण विभागले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको वैंक खाता अनिवार्य गर्यो । त्यसपछि भत्ता वैंक खातामा जम्मा हुने र रकम झिक्न लाभग्राहीहरु सदरमुकाम वा नजिकको वैंकसम्म आउनुपर्ने वाध्यात्मक अवस्था बन्यो । गत बर्ष विभागका महानिर्देशक तीर्थराज भट्टराईसहितका टोली ओखलढुंगा आएर जिल्लास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्यो र लाभग्राहीसँग अन्तक्र्रिया गरे । सार्वजनिक सुनुवाईमा जनप्रतिनिधी, लाभग्राहीले वैंकसम्म आउनजान समस्या भएको, गाडीभाडा तिर्दा नै मासिक रुपमा पाउने भत्ता खर्च भै जाने गरेको गुनासो सुनाए । त्यसपछि एउटा उपाय निस्कियो ‘वैंकको कर्मचारी, वडा र स्थानीय तहको प्रतिनिधी, सुरक्षाकर्मीको सहयोगमा भत्ता वितरण शिविर सञ्चालन गर्ने ।’ शुरुमा यसमा वैंकरहरुले कर्मचारी अभाव, सुरक्षा लगायत कारण देखाउँदै हच्किए । तर, नवनिर्वाचित जनप्रतिनिधीहरुले जोरजवरजस्ती दबाबपछि वैंकले घरघरमा नभई वडाको पायक पर्ने ठाउँमा शिविरमार्फत भत्ता वितरण गर्न राजी भए । त्यससँगै कतै वडाको पायक पर्ने केन्द्रमा त कतै वडा कार्यालयमा वैंक, स्थानीय तहका प्रमुख, जनप्रतिनिधी, सुरक्षाकर्मी पुगेर भत्ता वितरण गर्न थालियो । यसैको शिलशिलामा सिद्धिचरण नगरपालिकामा पनि घुम्ती शिविरमार्फत वैंकले सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । अशोज ८ गते सिद्धिचरण नगरपालिका १ मा नगर प्रमुख तेजन खनाल (तेजेन्द्र) भत्ता वितरण कार्यक्रममा सहभागि बने । वैंकका कर्मचारीले खाता जाँच गरे । वडाका कर्मचारीले विवरण रुजु गरे र वैंकले लाभग्राहीले पाउने रकम मेयरको हातबाट हस्तान्तरण गरे । अन्यले ताली बजाए । वडा अध्यक्ष तीर्थ घिमिरे नजिकै उभिएर पैसा दिँदै गरेको तस्वीर लिए । यस्तै अभियान भरखरै खिजीदेम्बामा अध्यक्ष गम्बु शेर्पा, चिसंखुगढीमा अध्यक्ष निशान्त शर्मा लगायतले पनि सञ्चालन गरे । अलि अगाडी मोलुङ गाउँपालिकाले पनि यसै गरे । यसबाट सर्वसाधारणले आफ्नै घरदैलोमा सेवा पाए । आर्थिक पारदर्शिता पनि कायम भयो । जनप्रतिनिधीलाई पनि जनताका वीचमा गएर रकमकलम बाँड्न पाउँदा आफ्नोे कर्तव्य पूरा भएको बोधले गर्विलो महशुस गर्न पाए । यसरी कानून र व्यवहारलाई तारतम्यता मिलाउन सकिए सबैलाई फलिफाप नै हुने रहेछ भन्ने सिकाई पनि भयो ।


लाक्पा जी शेर्पा

स्टेशन म्योनेजर, कार्यकारी सम्पादक

तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top