८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

कृतिम अभाव खडा गरे कडा कार्वाही हुने



ओखलढुंगा (रेडियो ओखलढुंगा) । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले चाडपर्वका दैनिक उपभोग्य वस्तु खरीद विक्री गर्दा सवधानी अपनाउन भनेको छ । चाडपर्व लक्षित सुरक्षा योजना जारी गर्दै प्रशासनले यस्तो आग्रह गरेको हो । चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तुहरुमा मिसावट, अस्वभाविक मूल्य बृद्धि, कालोबजारी हुनसक्ने संभावनालाई ध्यानमा राख्दै सरोकारवाला निकायहरुको समन्वयमा प्रशासनले नियमित बजार अनुगमन समेत गरिरहेको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।
अनुगमनका क्रममा अनियमतिता भएको पाइएमा प्रचलित कानून बमोजिम कडा कार्वाही गर्ने जनाइएको छ । यसलाई नियमन गर्न स्थानीय तहका सरकार, जिल्ला प्रहरी कार्यालय र अन्य सुरक्षा निकाय, घरेलु तथा साना उद्योग विकास कार्यालय, उद्योग बाणिज्य संघ, नागरिक समाज र सञ्चारमाध्यमलाई जिम्मेवार बनाइएको छ ।
त्यस्तै, दशैतिहारका वेला जुवा तास, लंगुर बुर्जा, चिट्ठा खेल्ने खोलाउने जसता अवान्छित गतिविधिलाई समेत कडाईका साथ नियन्त्रण गर्ने भएको छ ।
यसैवीच, उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले म्याद गुज्रिएको सामाग्रीहरु विक्री वितरण नगर्न व्यापारीहरुलाई आग्रह गरे । उपभोक्ताको स्वास्थ्यलाई बारम्बरा ख्याल गरेर मात्रै वस्तुको विक्री वितरण गर्न मास्केको आग्रह छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  २ : ०९ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित