३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

साताव्यापी व्याटमिन्टन प्रतियोगिता सम्पन्न



ओखलढुंगा (रेडियो ओखलढुंगा) । रमाइलोडाँडा व्यान्टमिन्टन संघ स्थापनाको अवसरमा आयोजित व्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । साताव्यापी प्रतियोगितामा ९ वटा समूह सहभागि भएका थिए ।
दशैको अवसरमा आयोजित प्रतियोगितामा उच्च अंक ल्याएर स्कन्द श्रेष्ठ र सुदीप कटवालको समूह विजेता बनेका छन् । त्यस्तै, ध्यानवीर राई र श्रावण कुमार घिमिरेको समूह उपविजेता बनेको संघका सदस्य नरेश नम्बाङले जानकारी दिए ।
लिगमा खेलाइएको प्रतियोगिताका विजेताहरुलाई समापन सत्रका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामांगले नगद, ट्फी र प्रमाण पत्र प्रदान गरेको संघका अध्यक्ष सानुबाबु श्रेष्ठले जानकारी दिए । संघ विधिवत रुपमा आजै दर्ता समेत भएको प्रशासकीय अधिकृत रेवन्त दाहालले जानकारी दिए ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  २ : ३२ बजे