२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

एमालेको शब्दावलीमा हार भन्ने छैनः केन्द्रीय सदस्य सुनुवार



ओखलढुंगा (रेडियो ओखलढुंगा) । एमालेको एकता र जनलहर देखेर आतिएकाहरुले गलत हल्ला फैलाएको केन्द्रीय सदस्य यज्ञराज सुनुवारले आरोप लगाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे १० भाईलाई टिकट पाउन आत्मालोचना गर्नुपर्ने भनाइ बाहिर आइरहेको बेला सुनुवारको धारण बाहिर आएको हो ।
ओखलढुंगाबाट प्रतिनिधी सभा सदस्य समेत रहनु भएका सुनुवारले हालैसम्पन्न पार्टी केन्द्रीय कमिटिको वैठकको निर्णयानुसार आफू जिल्लामा क्रियाशिल भएको बताए । केही सञ्चारमाध्यममा १० बुँदे, १० भाईको बारेमा कुरा आएको र त्यससँग आफ्नो कुनै सम्वन्ध नरहेको सुनुवाले प्रष्ट पारे ।
पार्टी वैचारिक र संगाठनिक रुपमा बलियो र एकताबद्ध रहेको भन्दै नेता सुनुवारले आसन्न निर्वाचनमा पार्टीलाई कसरी जिताउने भन्ने ध्याउन्नमा आफू जिल्लाको सबै स्थानीय तहमा खटिएको दलिल पेश गरे । यसपटकको निर्वाचनमा टिकट लिएर आउने कुनै नेतालाई हार्ने छुट नभएको बताउँनुहुँदै नेता सुनुवारले चुनावी अभियानका क्रममा जनताको घरघरमा आफू आएको दाबी गरे ।
एमालेलाई हराउन अनेकन कृतिम हल्लाहरु फैलाएपनि जनताको मनमा बसी सकेको लोकप्रिय पार्टी भएकाले त्यस्ता हवालाले फरक नपर्ने केन्द्रीय सदस्य सुनुवारको जिकीर छ । उनले पार्टीका सबै तह चुनाव केन्द्रीत अभियानमा रहेकाले सबै नेता कार्यकर्तालाई एकताबद्ध भएर तयारीमा जुट्न आग्रह समेत गरे ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ४ : १२ बजे