३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

संघतर्फ ओखलढुंगामा राम कार्कीले पाउनुपर्छः रामकुमार कार्की



ओखलढुंगा (रेडियो ओखलढुंगा) । नेकपा माओवादी केन्द्रका प्रदेश नम्बर १ का सदस्य रामकुमार कार्कीले आसन्न निर्वाचनमा पार्टीको ओखलढुंगा क्षेत्र नम्बर (क) मा प्रमुख दाबी रहने बताएका छन् । प्रदेशमा पार्टीले शसक्त दाबी रहने र त्यसका लागि आफू उम्मेदवारको रुपमा अघि बढेको बताएका हुन् ।
स्थानीय तहको निर्वाचनको मतपरिणामको आधारमा प्रदेश क्षेत्र नम्बर (क) मा दाबी रहने गरी पार्टीले आफूलाई उम्मेदवार सिफारिस गरेको कार्कीको दाबी छ । प्रदेशमा एउटा गाउँपालिका, ६ वटा वडा र अन्य स्थानीय तहमा कडा प्रतिस्पर्धी मत प्राप्त गरेकाले पनि प्रदेश कमा आफूहरुको दाबी रहने कार्कीको भनाइ छ ।
नेता कार्कीले केन्द्रीय नेतालाई व्यवस्थापन गर्ने गरी प्रतिनिधी सभामा केन्द्रीय सचिव राम कार्कीलाई उम्मेदवार बनाएको खण्डमा दुवै प्रदेश छोड्न सक्ने संकेत गरे । राजनैतिक रुपमा राम कार्की पूर्व मन्त्री पार्टीको बौद्धिक नेता र सबै दृष्टिकोणबाट अब्बल भएकाले संघमा स्थान पाउनुपर्नेमा उनको जोड छ ।
राष्ट्यि आवश्यकताले गठवन्धन बनेको र ओखलढुंगाको हकमा सहमति हुन नसके गठवन्धनभित्र नै मित्रवत प्रतिस्पर्धामा उत्रिने नेता कार्कीको भनाइ छ । उनले ओखलढुंगामा नेकपा एकिकृत समाजवादी पार्टीको कम प्रभाव रहेकाले दाबी गर्नु अर्थपूर्ण नरहेको प्रतिकृया दिए । तर, जनता समाजवादीले एउटा गाउँपालिका र केही वडामा जित हासिल गरेकाले दाबी गर्नु स्वभाविक भएको कार्कीको भनाइ छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ४ : ३५ बजे