८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

वडा अध्यक्ष ताम्राकारले गरे ३१ विपन्न घरपरिवारलाई खाद्यन्न वितरण



ओखलढुंगा ( रेडियो ओखलढुंगा) । सिद्धिचरण नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष विनोद ताम्राकारले ३१ घर परिवारलाई खाद्यन्न वितरण गरेको छ । चुनावी घोषणा अनुसार आफूले प्राप्त गरेको भत्तावापतको रकमबाट विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो ।
दलित, विपन्न, बृद्धा, अपांग परिवार पहिचान गरी ३० केजी चामल, २ लिटर खानेतेल, १ केजी आयोडिन यूक्त नुन र २ किलो दाल वितरण गरेको अध्यक्ष ताम्रोकारले जानकारी दिए ।
साविकको ६ वटा वडामा दशैका अवसरमा खाद्यन्न वितरण गरेको अध्यक्ष ताम्राकारको भनाइ छ । मिलनचोक, वितलब लगायतका ठाउँमा घरघरमा गएर खाद्यन्न वितरण गरेको हो ।
ताम्राकारले स्थानीय तह निर्वाचनमा जनप्रतिनिधीले पाउने सेवा सुविधा नलिने घोषणा गरेका थिए । नियमानुसार सुविधा खातामा प्राप्त भएपछि त्यही रकमबाट विपन्न, दलित परिवारलाई खाद्यन्न वितरण गरेको जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  १२ : ३९ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित