ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगा जिल्लाबाट २६ जना खेलाडी नवौँ राष्ट्रिय खेलका लागि छनौट भएका छन्् । प्रदेश छनौटमा उत्कृष्ट भएका विभिन्न विधामा खेलाडीहरु छनौट भएका हुन् ।
प्याराग्लाईडिङमा ६ जना खेलाडी छनौट भएका छन् भने फुलकन्ट्याक करातेतर्फ ३, भलिबल महिला, पुरुष ४ छनौट भएको जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै, कराते १, उसु २, सुटिङ १, जुडो ३, एथ्लेटिक्स २, ह्याण्डबल १ र कबड्डिमा १ जना गरि २६ जना खेलाडी राष्ट्रिय खेलको लागि छनौट भएको श्रेष्ठले जानकारी दिए । प्राग्लाईडिङतर्फ युवराज सुनुवार, दिलकुमार सुनुवार, निर्गम सुनुवार, रोशन बस्नेत, देविका माया सुनुवार र अनुस्का सुनुवार रहेका छन् । त्यस्तै फुलकन्ट्याक करातेतर्फ चिरन राई, मनिष कार्की र महेन्द्र गजमेर छन् । भलिबल पुरुष तर्फ समिप श्रेष्ठ र मनोज घिमिरे, महिलातर्फ कृष्णकुमारी श्रेष्ठ र पूर्णिमा राई छन् ।
गल्फतर्फ सम्झना दाहाल खत्री, करातेतर्फ विनिता श्रेष्ठ, सुटिङतर्फ तारा राई र महिला कबडितर्फ प्रविना राई छन् । त्यस्तैगरि उसुतर्फ हिमांशु खड्का र सकृता सुनुवार, जुडोतर्फ प्रविन कुमार दियाली, राहुल भुजेल, सुकुन सुनुवार छन् भने एथ्लेटिक्सतर्फ छोकी शेर्पा र जीवन खड्का र ह्याण्डबल तर्फ प्रकाश सुनुवार र प्रदेभ बस्नेत रहेको कार्यालय प्रमुख बालकुमार खनालको भनाइ छ ।
छनौट भएका खेलाडीहरु आगामी असोज २५ गतेदेखि गण्डकी प्रदेशको विभिन्न जिल्लामा हुने नवौँ राष्ट्रिय प्रतियोगीतामा सहभागि हुने जिल्ला खेलकुद विकास समिति ओखलढुंगाले जनाएको छ । गत भदौ २४ गतेबाट प्रदेश खेलकुद विकास वोर्ड प्रदेश नं. १ ले आयोजना गरेको प्रदेश १ स्तरीय खेलकुद प्रतियोगितमा जिल्लाबाट १८ ओटा विधाका खेलहरुमा २ सय २४ खेलाडी सहभागी भएको थिए ।