ओखलढुंगा (रेडियो ओखलढुंगा) । उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुंगा दशै विदामा पनि खुल्ने भएको छ । बन्दी प्रत्यक्षीकरण रिटमा विदाको समयपनि सुनुवाई गर्न इजालस खुल्ने भएको हो ।
शनिबार, सार्वजनिक विदा र टीकाका दिन बाहेक वन्दी प्रत्यक्षीकरणको रिट उपर सुनुवाई हुने रजिष्टार सन्जीव पोखरेलले जानकारी दिए ।
दशैसँगै अदालतका अन्य कामकार्वाही भने वन्द भएको छ । अदालतले वन्दी प्रत्यक्षीकरण सम्वन्धि रिट निवेदन पर्न आएमा तत्काल सुनुवाई गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।