ब्रेकिङ न्युज

मोलुङमा आमा सुरक्षा कार्यक्रमः निःशुल्क गर्भवती भिडियो एक्सरे   |  ‘अर्ग्यानिक’ खानेकुरामा जोड दिन सामुदायिक विद्यालयमा चमेनागृह   |  पाँच लाख राशीको पसी शेर्पा स्मृती भलिबल आफ्नै खेलमैदानमा   |  दावा एग्रो टुरीजम रिसोर्टमा आगलागीः एक करोडको क्षती   |  चित्रेका युवाहरुलाई शिली नृत्य प्रशिक्षण   |  खिजिदेम्बामा सोनाम ल्होसारको शुभकामना आदानप्रदान   |  मोलुङ हाईड्रोको शेयर भर्ने म्याद थप   |  विपन्न परिवारलाई जाडो छल्न कम्बल   |  

Single Image

‘लेफ्ट–लिवरल’ गतिरोध र फाँसीवादको पुनरोदय

  • प्रकाशित मिति: १७-आश्विन-२०७९ ३:४३
  • रेडियो ओखलढुंगा
‘लेफ्ट–लिवरल’ गतिरोध र फाँसीवादको पुनरोदय

व्यतिकरण सिद्धान्तले भन्छ( प्रकृति र मानव जगतका कुनै पनि परिणाम एकलरेखीय, सरल, स्वस्फूर्त र स्वाभाविक हैनन् । परिणाम कार्य(कारण सम्बन्धको सरलतामा बाँधिन अभिशप्त छैनन् । संसार अनेकन् आयाम, अन्तरविरोध र प्रयासको ‘कम्प्लेक्स म्याट्रिक्स’ हो । जसरी चेसको खेलमा मौका परे प्यादाले ‘क्विन’ माथ गर्छ, ‘मन्त्री’ जस्तो शक्तिशाली गोटी हेरेको हेर्‍यै हुन्छ, त्यसरी नै संसारमा अनेक नाटकीय, असम्भव वा कमजोर मानिएका संभावना पनि परिणामका रूपमा प्रकट हुन सक्दछन् । गत आइतबार इटालीमा सम्पन्न आम निर्वाचनले यो भनाइलाई पुष्टि गरिदिएको छ । वामपन्थी भनिएको ‘लेफ्ट–लिवरल’ गठबन्धन र ‘अग्रगामी’ मानिएको ‘फाइभ स्टार मूभमेन्ट’ लाई पराजित गर्दै कसैले सोच्दै नसोचेको चरम दक्षिणपन्थी गठबन्धनले चुनावमा आश्चर्यजनक परिणाम हात पारेको छ । निर्वाचनमा नवफाँसीवादी दल ‘ब्रदर्स अफ इटाली पार्टी’ नेतृत्वको दक्षिणपन्थी गठबन्धनले ४३.८ प्रतिशत भोट प्राप्त गरेको छ भने वामपन्थी गठबन्धन २६.१ प्रतिशतमा सीमित भएको छ । तेस्रो स्थानमा रहेको ‘फाइभ स्टार आन्दोलन’ ले १५.३ प्रतिशत मत मात्रै प्राप्त गर्‍यो । विजय गठबन्धनको नेतृत्वदायी दल ‘ब्रदर्स अफ इटाली पार्टी’ ले २६ प्रतिशत मत प्राप्त गर्‍यो, जो कसैले पूर्वानुमान गरेको थिएन । यो दलसँग कुनै लामो र गौरवमय इतिहास, बलियो संगठन र जनमत थिएन । सन् २०१२ मा गठन भएको यो दल आफ्नो स्थापनाको एक दशकभित्रै थियो । सन् २०१३ को आम निर्वाचनमा २ प्रतिशत र सन् २०१८ को निर्वाचनमा ४.४ प्रतिशत मात्रै मत प्राप्त गरेको थियो । यस्तो चुनावी परिणामपछि यसकी नेतृ जर्जिया मेलोनी विश्व सञ्चारमाध्यममा छाएकी छन् । ४५ बर्षीया मेलोनीको विचार र भावनामा साँच्चैको जोस, जाँगर र उत्साह झल्किन्छ । चरम दक्षिणपन्थी तथा नवफाँसीवादी विचार उनी कुनै हीनता र हिचकिचाहट विना गौरव र आत्मविश्वासका साथ व्यक्त गर्दै हुन्छिन् । फाँसीवाद कुनै गौरवशाली विचारधारा हैन । यो एकप्रकारले पतित, बदनाम तथा विश्वभरि कुख्यात विचारधारा हो । राजनीतिमा ‘फासिस्ट’ शब्द विरोधीलाई आलोचना र बदनाम गर्न गालीका रूपमा प्रयोग हुन्छ । स्वयं इटाली फाँसीवादको उत्थान र पतनको केन्द्र हो । तर, नयाँ पुस्ताकी मेलोनीमा त्यस्तो विचारलाई आत्मविश्वासका साथ व्यक्त गर्ने साहस कसरी प्राप्त भयो, त्यो आफैंमा विचारणीय र गम्भीर विषय हो । मेलोनी सन् २०१४ देखि निरन्तर ‘ब्रदर्स अफ इटाली पार्टी’ को अध्यक्ष रहँदै आएकी थिइन् । आफूलाई खुलेआम ‘क्रिश्चियन कन्जर्भेटिभ’ भन्न रुचाउने उनी सार्वजनिक कार्यक्रममै फाँसीवादी तानाशाह बेनिटो मुसोलिनीको प्रशंसा गर्दछिन् । आप्रवासन र बहुसांस्कृतिकतावाद उनका मुख्य विरोधी मुद्दा हुन् । संभवतः यही हप्ताभित्र उनी देशको पहिलो महिला प्रधानमन्त्री हुनेछिन् । विश्व राजनीतिमा ‘फाँसीवाद’ शब्दको उदय नै इटालेली भाषाको ‘फासियो’ बाट भएको थियो । ‘फासियो’ प्राचीन रोम सभ्यतामा शासकको प्राधिकार, नैतिक मूल्य, पराक्रम र शक्तिलाई अभिव्यक्त गर्ने प्रतीक चिहृन थियो । पहिलो विश्वयुद्ध ताका राज्यले आफ्ना विचारलाई कुनै महत्व नदिएपछि बेनिटो मुसोलिनीले यही प्राचीन प्रतीक चिहृनलाई पक्रेर फाँसीवादी विचार र आन्दोलनको सुरुवात गरेका थिए । सन् १९१४ बाट सुरुवात भएको फाँसीवादी आन्दोलन सन् १९२२ को ‘रोम उपद्रो’ पछि सत्तामा पुगेको थियो । त्यसपछिका करिब दुई दशक इटालीमा फाँसीवादी पार्टी र त्यसका नेता बेनिटो मुसोलिनीले क्रूर तानाशाही शासनको एक नयाँ विश्व इतिहास रचेका थिए । दोस्रो विश्व युद्धताकाको जटिलता बढ्दै गएपछि उनी सन् १९४३ मा सत्ता छोड्न बाध्य भएका थिए । सन् १९४५ को अप्रिलमा देश छोडेर स्विट्जरल्याण्डतिर भाग्दै गर्दा उनलाई पक्राउ गरी गोली हानेर मारिएको थियो । सन् १९३२ मा बेनिटो मुसोलिनीको नाममा प्रकाशित ‘डक्ट्रिन अफ फासिज्म’ यस विचारधाराको मुख्य पुस्तिका मानिन्छ । यद्यपि इतिहासकार यो पुस्तिका मुसोलिनीले लेखेको कुरा विश्वास गर्दैनन् । मुसोलिनी सरकारका शिक्षामन्त्री थिए( जियोभिनी जिन्ताने । यो पुस्तिका जिन्तानेले लेखेको विश्वास गरिन्छ, जसले फाँसीवादलाई एक आदर्श सिद्धान्तका रूपमा दार्शनिक तथा वैचारिक प्रतिरक्षा गर्दछ । फाँसीवादको सिद्धान्तले भन्थ्यो कि ‘बीसौं शताब्दी फाँसीवादको शताब्दी’ हो । उदारवाद, लोकतन्त्र, वैयक्तिक स्वतन्त्रता र सार्वभौमसत्ता, समाजवाद, साम्यवाद, सामाजिक लोकतन्त्रजस्ता विचार उन्नाइसौं शताब्दीका बासी विचार हुन्, बीसौं शताब्दीको नेतृत्व ती विचारले गर्न सक्दैनन् । ती एकप्रकारले शक्तिहीनता, कायरता र पलायनका सिद्धान्त हुन् । फाँसीवादले भन्छ–वीरता, पराक्रम र राज्यको सर्वोच्चतामा निहित हुन्छ । राज्य एक यस्तो पवित्र शक्ति हो, जसको जन्मभूमि, मान्छे र परम्पराको पवित्रता रक्षा गर्नका लागि हुन्छ । राज्य व्यक्तिका लागि हैन, व्यक्ति राज्यका लागि हो । राज्यको पवित्रता र आवश्यकतामा बलिदान हुन डराउने व्यक्ति नागरिक कहलिन योग्य हुँदैन । फाँसीवाद वीरता, साहस र पराक्रमको विचारधारा हो ।’ जे–जति दार्शनिक तथा वैचारिक फुलबुट्टा भरे पनि फाँसीवादको सार रोमन जातीय सर्वोच्चता, नश्लवाद, युद्धप्रेम, वैयक्तिक स्वतन्त्रताको हनन् र निरंकुश शासन थियो । उदारवाद, लोकतन्त्र, समाजवाद र सामाजिक लोकतन्त्रजस्ता प्रगतिशील अर्थात् ‘लेफ्ट(लिवरल’ विचारधारा, दृष्टिकोण, मूल्यप्रणाली र राजनीतिक अभ्याससँग यसको कुनै साइनो थिएन । फाँसीवादले आफूलाई बीसौं शताब्दीको विचारधारा दाबी गरेको थियो । तर, बीसौं शताब्दीको मध्यतिर पुग्दा नपुग्दै त्यो पराजित भएको थियो । दोस्रो विश्वयुद्धको अन्त्य भनेकै सारमा त्यतिबेलाका फासिस्ट राज्यहरू इटाली, जर्मनी र जापानको पतन हो । बीसौं शताब्दीमै पराजित भइसकेको विचारधारा एक्काइसौं शताब्दीमा फेरि किन पुनरोदय हुँदैछ ? आज यो सबैभन्दा गम्भीर प्रश्न हो । इटालीको भर्खरै सम्पन्न निर्वाचन यस शृंखलाको एक कडी मात्रै हो । यथार्थमा सन् २०१४ पछि चरम दक्षिणपन्थको उदय विश्वव्यापी रूपमा हुन थालिसकेको थियो । सन् १९९० को दशकमा उदाएका लोकतन्त्रवादीहरू पनि सन् २०१० तिर आइपुग्दा चरम दक्षिणपन्थी तथा नवफाँसीवादी भइसकेका थिए । रूसका भ्लादिमिर पुटिन र बेलारुसका अलेक्जेन्डर लुकासेन्को त्यसका ज्वलन्त उदाहरण थिए । तर, गज्जबको कुरा के हो भने सन् २०१४ पछि नयाँ दक्षिणपन्थीहरूको उदय र पुराना अन्य पृष्ठभूमि भएकाहरूको दक्षिणपन्थीकरण दुवै प्रक्रिया समानान्तर ढंगले अघि बढ्यो । टर्कीका एर्दोगान र हंगेरीका भिक्टर अर्बान त्यसमा राम्रा उदाहरण थिए । अमेरिकाका ट्रम्प र ब्राजिलका बोल्सोनारोले त्यही प्रक्रियालाई अघि बढाए । अफगानिस्तानमा त तालिवान नै फर्कियो । यहाँसम्म कि भारतमा नरेन्द्र मोदी र चीनमा सी जिनपिङको उदय पनि यो प्रक्रियाभन्दा बाहिरका घटना थिएनन् । मोदी कुनै नयाँ दलबाट आएनन् । अखिल भारतीय हिन्दु महासभाको इतिहाससमेत जोड्दा करिब १०० वर्ष पुरानो आन्दोलनबाट आए । सन् २०१४ मा सी जिनपिङको उदय हुँदै गर्दा चिनियाँ कम्युनिस्ट पार्टी पनि एक शतक पुग्न करिब एक दशक मात्र बाँकी थियो । सी जिनपिङले बीआरआई मात्र ल्याएनन्, ‘चाइना ड्रिम र चाइना फस्र्ट’ कुरा गरे, दुई कार्यकालको राष्ट्रपति र पार्टी महासचिवको प्रावधानलाई हटाउँदै निष्कंटक शासक हुने अभीष्टलाई लुकाएनन् । सन् २०१० यता दक्षिणपन्थको पहिलो लहर राष्ट्रवादको नाममा आएको थियो, इटालीको घटनापछि त्यो नवफाँसीवादमा पुगेको हुन्छ, थाहा छैन, दक्षिणपन्थको लहर कुन विन्दुमा पुगेर घोषित फाँसीवाद बन्ने हो । जस्तो कि त्यसको संकेत फिलिपिन्समा देखियो । त्यहाँ आफ्ना कुख्यात बुवाआमा फर्डिनान्ड र इमेल्डा मार्कोसलाई गौरवीकरण गरेरै मार्कोस जुनियरले राष्ट्रपतिको चुनाव जिते । जब ‘लेफ्ट(लिवरल’ हरूले यस्तो वैराग्य र वितृष्णा सृजना गर्छन्, मारिन लि पेन र जर्जिया मेलोनीहरू सामुन्ने आउँछन् । रवीन्द्र मिश्रहरू राप्रपा प्रवेश गर्न लाज नमान्ने स्थिति सृजना हुन्छ । यो जोखिम हिजोआज निकै नजिक आएजस्तो अनुभूति हुन्छ वास्तवमा यो संकटको जड ‘लेफ्ट–लिवरल’ गतिरोधमा छ । दक्षिणपन्थ, चरम दक्षिणपन्थ, राष्ट्रवाद, नवफाँसीवाद वा फाँसीवाद त त्यो गतिरोधको प्रतिक्रिया हुन् । यी आफैंमा कुनै रचनात्मक विकल्प हैनन् । ‘लेफ्ट(लिवरल’ विघटन, भ्रम, दुर्दान्तता र त्रासदीका कृत्रिम प्रतिक्रियाहरू हुन् । यथार्थमा ‘लेफ्ट(लिवरल’ समाधानको वैपरित्य र सारतत्व सन् १९९० का घटनापछि अर्थहीन भइसकेका थिए । त्यसपछिका दिनमा ‘लेफ्ट’ वा ‘लिवरल’ हुनु, साम्यवादी वा पूँजीवादी हुन्, कांग्रेस वा कम्युनिस्ट हुनु कुनै गतिलो भिन्नता रहँदै रहेन । तथाकथित साम्यवादी र ‘लेफ्ट’हरूले उदार लोकतान्त्रिक मूल्य प्रणालीलाई गाली गर्न पनि छोडेनन् । त्यसैलाई अवलम्बन गर्नु बाहेक उनीहरूसँग अर्को आफ्नै मौलिक विकल्प पनि थिएन । सोभियत संघ र पूर्वी युरोपको पतनपछि आफ्ना कमजोरीहरू केलाउनु र सत्य स्वीकार गर्नुको साटो उनीहरू नवउदारवाद, डब्ल्युटीओ र भूमण्डीकरणलाई गाली गर्दै बसे । जबकि तथाकथित ‘लिवरल’ अर्थात् लोकतन्त्रवादीहरू नै कसरी संकीर्ण राष्ट्रवाद र विभूमण्डलीकरणतिर कोल्टे फेर्दैछन् भन्ने कुरा तिनले बुझ्दै बुझेनन् । नेपालमा कांग्रेस नेता रामचन्द्र पौडेलले केही अघि ठीकै भनेका हुन् कि अब कांग्रेस र कम्युनिस्ट बीचको वैचारिक संघर्ष समाप्त भइसक्यो । तसर्थ माओवादी प्रचण्ड र नवउदारवादी देउवाबीचको राजनीतिक लगनगाँठो स्वाभाविक हो । हिजो यिनीहरू फरक(फरक धारबाट आएका थिए । एउटै सडकको दुईतिर घर भएजस्तो ‘लेफ्ट’ हरू देब्रेतिरको घरबाट सडकमा आए, ‘लिवरल’ हरू दाहिनेतिरको घरबाट । सडकमा आएर दुवैले काँधमा काँध मिलाए, हातमा हात मिलाए । एउटै बाटो, एउटै गन्तव्यतिर हिंड्न थाले । अब ‘लेफ्ट’ र ‘लिवरल’ लाई एकअर्काको विकल्प कसले मान्छ ? किन मान्नुपर्‍यो ? समकालीन विश्व(राजनीतिमा पनि, नेपालमा पनि अब ‘लेफ्ट’ र ‘लिवरल’, साम्यवादी र पूँजीवादी, कांग्रेस र कम्युनिस्ट एकअर्काका वैपरित्य, एकअर्काका प्रतिस्पर्धी वा विकल्प हुँदै हैनन्, यिनीहरू एउटै ‘लेफ्ट(लिवरल प्याकेज’ का बासी मालवस्तु मात्रै हुन् । यो विरोधाभासलाई भारत र फ्रान्सका राजनीतिक घटनाबाट सजिलै सम्परीक्षण गर्न सकिन्छ । भारतीय स्वतन्त्रता अघि र पछि त्यहाँका कांग्रेस र कम्युनिस्ट एकअर्काका वैचारिक प्रतिस्पर्धी मानिन्थे । कांग्रेस लामो समयसम्म सत्तामा रहृयो । कम्युनिस्ट पार्टी आजको तुलनामा धेरै बढी शक्तिशाली थियो । पश्चिम बंगाल, त्रिपुरा र केरल( तीन राज्यमा लामो शासन गर्‍यो । संघीय संसद्मा ६८ सीटसम्म जितेर प्रमुख प्रतिपक्षसम्म भयो । तर, जब सन् २००० पछि यिनीहरूले ‘युपीए’ गठबन्धन बनाए दुवै कमजोर र समाप्त हुँदै गए । देब्रे कोणबाट भाजपा शक्तिशाली भएर आयो, ‘प्रmन्ट’ बाट आम आदमी पार्टीको उदय भयो । आज भाजपा र आप पहिलो र दोस्रो पार्टी जस्तो बनेका छन् । तेस्रो स्थानमा दर्जनौं क्षेत्रीय तथा प्रादेशिक दलहरू छन् । ‘लेफ्ट(लिवरल’ प्याकेजमा भएका कांग्रेस, कम्युनिस्ट र तथाकथित समाजवादीहरू अस्तित्व संकटको अवस्थामा पुगेका छन् । फ्रान्समा पनि शताब्दीऔं लामो शासन ‘लेफ्ट(लिवरल’ हरूकै हो । त्यसभित्र लोकतन्त्रवादी, सामाजिक लोकतान्त्रिक, समाजवादी, साम्यवादी सबै थिए । सन् २०१४ पछि त्यहाँ पनि आश्चर्यजनक राजनीतिक घटनाक्रम विकास भए । चरम दक्षिणपन्थी नेशनालिष्ट पार्टी र मेरिन लि पेनको जबरजस्त उदय भयो । यहाँनेर ध्यान दिनयोग्य कुरा के छ भने यदि ‘फ्रन्ट’ बाट ‘इन मार्के’ र इम्मानुअल म्याक्रोनको उदय हुँदैनथ्यो भने तथाकथित ‘लेफ्ट(लिवरल’हरूले मेरिन लि पेनलाई रोक्न सक्थे रु सायदै सक्थे । अझ निश्चिन्त भन्न सकिन्छ( सक्दैनथे । निष्कर्षमा के भन्न सकिन्छ भने( ‘लेफ्ट(लिवरल पाराडाइम’ विश्वभरि र नेपालमा पनि अर्थहीन भइसकेको छ । भारतमा यदि भाजपालाई कसैले रोक्न सक्दछ भने अब आम आदमी पार्टीले सक्दछ, कांग्रेस(कम्युनिस्टका लागि यो काम सहज छैन । फ्रान्समा त्यही भएको हो( म्याक्रोनले मेरिन लि पेनलाई रोकेका हुन् । तथाकथित ‘लेफ्ट’ र ‘लिवरल’ हरूले हैन । हेर्दै जानुहोला( नेपालमा पनि ठीक यही खतरा छ । चरम दक्षिणपन्थी तथा राजावादी तत्वहरू संगठित हुने र नयाँ पुस्तालाई भ्रमित गर्ने कामतिर दिलोज्यानले लागेका छन् । गणतन्त्र, लोकतन्त्र, संघवाद र धार्मिक स्वतन्त्रताप्रति नयाँ पुस्तामा घृणा फैलाउने र जनवितृष्णा बढाउने प्रयास तीव्र छन् । ‘लेफ्ट(लिवरल’ हरू भने गुटतन्त्र, भागबन्डा, लुट, भ्रष्टाचार, राज्यदोहन, वंशवाद र परिवारतन्त्रको भद्दा प्रपञ्चमै लिप्त छन् । समाज, राज्य र अर्थतन्त्रको युगीन विकासक्रम कहाँनेर पुग्यो, अबको ऐतिहासिक कार्यभार के हो रु नयाँ पुस्ताका सोच र आकांक्षा के हुन् रु तिनलाई कसरी सम्बोधन गर्नुपर्दछ भन्ने जस्ता गम्भीर प्रश्नमा तथाकथित ‘लेफ्ट’ र ‘लिवरल’ हरूको कुनै रुचि छैन । कुनै कल्पनाशीलता, योजना र रणनीति छैन । यी ‘हुनु’ नै, यिनको अस्तित्व नै देश र जनताका लागि ‘बोझ’ जस्तो हुँदै गएको छ । बरु जोसुकै, जस्तोसुकै आओस्, यो बोझ र पाखण्डको जुवा(जाँतो टाउको र काँधबाट फाल्दिन मात्रै पाए पनि हुन्थ्यो जस्तो अवस्थामा जनता पुगेका छन् । जब ‘लेफ्ट(लिवरल’ हरूले यस्तो वैराग्य र वितृष्णा सृजना गर्छन्, मारिन लि पेन र जर्जिया मेलोनीहरू सामुन्ने आउँछन् । रवीन्द्र मिश्रहरू राप्रपा प्रवेश गर्न लाज नमान्ने स्थिति सृजना हुन्छ । यो जोखिम हिजोआज निकै नजिक आएजस्तो अनुभूति हुन्छ । यदि हामीले ‘इन मार्के’, ‘आप’ वा ‘फाइभ स्टार मूभमेन्ट’ जस्ता ‘फ्रन्टिज्म’ मा आधारित बलिया र नयाँ विकल्पहरू यथाशीघ्र निर्माण गर्न सकेनौं भने तथाकथित ‘लेफ्ट(लिवरल’ गतिरोधले नवफाँसीवाद वा फाँसीवादको उदयलाई सहज बनाइदिन सक्दछ ।


डमरुबल्लब खतिवडा

तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top