ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

अधिकारी फिल्म ‘प्रसाद २’ मा जोडिए

  • प्रकाशित मिति: ०४-कार्तिक-२०७९ २:१८
  • रेडियो ओखलढुंगा
अधिकारी फिल्म ‘प्रसाद २’ मा जोडिए

काठमाडौं । अन्ततः अभिनेत्री केकी अधिकारी फिल्म ‘प्रसाद २’ मा जोडिएकी छन् । नम्रता श्रेष्ठले छायांकनअघि नै फिल्म छाडेपछि निर्माताले केकीलाई अनुबन्धित गरेका हुन् । अनलाइनखबरसँग कुरा गर्दै केकीले आफू ‘प्रसाद २’मा जोडिएको जानकारी दिइन् । केकी प्रमुख महिला पात्र कल्याणीको भूमिकामा देखिनेछिन् । उनी विपिन कार्कीको अपोजिटमा प्रस्तुत हुनेछिन् । केकीलाई अनुबन्ध गर्नुअघि निर्माताले ऋचा शर्मा र सुरक्षा पन्तलाई पनि प्रस्ताव गरेका थिए । निर्माता संघमा भएको निर्माता र कार्कीबीचको सहमतिअनुसार फिल्मको छायांकन मंसिर ७ गतेदेखि सुरु गर्ने योजना छ । सुदर्शन थापाले निर्देशन गर्ने फिल्म अन्तरजातीय बिहे र यसको सामाजिक आयाममा आधारित हुनेछ । ‘प्रसाद २’मा अब नम्रता र निश्चल बस्नेत देखिनेछैनन् । फिल्ममा अर्पण थापा र राज कटुवाल पनि प्रमुख भूमिकामा हुनेछन् ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top