अहिलेको समय इन्टरनेट मिम्सको समय हो । कमिक इफेक्ट दिनका लागि मानिसहरु प्रायः फोटोसप गरिएका तस्वीर प्रयोग गर्दछन् । तर अहिले तस्वीरमा परिवर्तनको एक नयाँ चलन देखिन थालेको छ । आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको प्रयोग गरेर यस्ता सक्कली जस्तै भिडियो पनि बनाउन सकिन्छ । यस्तो खालको ‘डिप फेक’ भिडियो पहिचान गर्न निकै मुस्किल हुन्छ । वास्तविक जस्तै लाग्ने यस्ता नक्कली भिडियोले कसैको छविमै क्षति पुर्याउन सक्छ । डिप फेक अर्थात् गहन फर्जी शब्दको पहिलोपटक सन् २०१७ मा प्रयोग भएको हो । यो प्रविधिले भिडियो तथा तस्वीरलाई घुमाउन सक्छ, विभाजन गर्न सक्छ र दायरा बदल्न सक्छ । यसबाट असली भिडियो पहिचान गर्न मुस्किल हुन्छ र नक्कली भिडयो पनि सक्कली जस्तै देखिन्छ । संसारभर आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि सुलभ बनिरहेको छ र धेरैभन्दा धेरै मानिसले यसको प्रयोग गर्न थालेका छन् । डिप फेकलाई पहिचान गर्न कठिन हुने भएकाले पनि यसलाई युट्युब, फेसबुक तथा ट्वीटर जस्ता प्लेटफर्मबाट सजिलै संसारभर फैलाउन सम्भव हुन्छ । एक शोधअनुसार हाल विश्वका धेरै युवाले समाचार थाहा पाउन पनि सोसल मिडिया नै प्रयोग गर्छन् । यस्तोमा कम्पनीहरुले भने डिप फेक रोक्न कुनै प्रयास गरिरहेका छैनन् । आउने दिनमा यस्ता भिडियोको बाढी नै आउन सक्छ । यसबाट विभिन्न खालका खतरा पैदा हुनुको साथै सूचनाको विश्वसनीयता समाप्त हुनसक्छ । त्यसैले डिपफेकलाई निस्तेज पार्न सामूहिक प्रयासको खाँचो छ । डिप फेकले महिलाहरुको आत्मसम्मानमा ठूलो क्षति पुर्याइरहेको छ । कुनै महिलाको अनुहारलाई अश्लील भिडियोमा जोडेर त्यस्ता भिडियो तयार गरी महिलामाथि प्रताडना तथा हिंसा गर्ने गरेका घटना पनि सार्वजनिक हुने गरेका छन् ।
कमेन्ट गर्नुहोस
Comment Section