ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

श्वेताको गर्भमा के छ ?

  • प्रकाशित मिति: ०९-कार्तिक-२०७९ ९:३४
  • रेडियो ओखलढुंगा
श्वेताको गर्भमा के छ ?

काठमाडौं । गर्भावस्थालाई उत्सव बनाउने चलन धेरै पुरानो होइन । पहिले-पहिले गर्भवतीले सकेसम्म आफूलाई ढाकछोप गर्न खोज्थे । खुकुलो पहिरन लगाउँथे, ताकि बढ्दै गरेको पेट नदेखियोस् । अहिले परिस्थिति र मनस्थिति फरक छ ।

जब गर्भको बच्चा हुर्कंदै जान्छ र पेटको आकार बढ्दै जान्छ, यसलाई एउटा उत्सवकै रुपमा लिन थालिएको छ । अतः यसको सुरुवात भएको छ, सेलिब्रिटीबाट ।

जस्तो कि, अभिनेत्री श्वेता खड्का । भर्खरै मात्र उनले गर्भवास्थाको आफ्नो तस्वीर सामाजिक सञ्जालमा साझेदार गरेकी छन् । रातो लेहेंगा चोलीमा ठाँटिएर उनले फोटोसुटको लागि केही पोज दिएकी छिन् । तस्वीरमा उनीसँगै श्रीमान विजयेन्द्रसिंह राउत पनि छन् । उनीहरुले प्रेमिल भावभंगीमामा केही थान फोटो खिचाएका छन् ।

अभिनेत्री श्वेताले गएको मंसिरमा विवाह गरेकी हुन् । पछिल्लो समय उनी फिल्मभन्दा व्यापार–व्यवसायमा सक्रिय छिन् । श्वेता ‘कहाँ भेटिएला’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top