ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

जिवन वम्जनको “ढुकुर माउ” सार्वधिक हेरियो

  • प्रकाशित मिति: १९-कार्तिक-२०७९ ७:२२
  • रेडियो ओखलढुंगा
जिवन वम्जनको “ढुकुर माउ” सार्वधिक हेरियो

ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगेली गायक जिबन वम्जनको सेलो गीत युटुबको ‘ट्रेन्डिङ’मा परेको छ । एक दशकदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय गायक बम्जनको सेलो गीत ढुकुर माउ बोलको गीत युटुबमा सार्वधिक हेरिएको सूचितमा परेको हो । केही दिनअघिसम्म १७ नम्बर ट्रेन्ङिङमा पर्न सफल भएको गायक बम्जनको जम्मा ३ हजार मात्रै सब्सक्राईबर रहेको जीवन बम्जन युटुब च्यानलमार्फत सार्वजनिक गरिएको थियो । उक्त गीत अहिले टिकटकमा समेत निकै चर्चामा रहेको छ । गायक बम्जन र गायिका सुमिना लोको स्वरमा रहेको गीतमा चन्द्र कुमार दोङको संगीत रहेको छ । जिबनको आफ्नै शब्द सिर्जना छ । गायक, गितकार तथा संगीतकार बम्जनका झन्डै डेढ सय गीत बजारमा आईसकेका छन् । उनका गीतहरु प्रायः तामाङसेलो र लोकलयमा आधारित छन् । रेडियो ओखलढुंगासँग कुरा गर्दै गायक बम्जनले निरन्तरको संगीत साधनापछि आफूले सफलता हात पारेको बताए । ढुकुरमाउको सन्दर्भमा गायक वम्जनले भने ‘एक दिनमा खिजीफलाटेबाट उकालो घरतर्फ जाँदै थिएँ । त्यहाँ उत्तीसको रुपमा एक जोडी ढुकुर देखेँ । एउटा चाँही घुरघुर गरिरहेको थियो । पछि थाहा भयो घुर्ने चाँही माउ रहेछ ।’


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top