ब्रेकिङ न्युज

दिक्तेल रुपाकोट मझुवागढीमा तरकारि उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न   |  साम्सिङ भन्ज्याङको सबैभन्दा लामो ५३८ फिटको माने निर्माण सुरु   |  अध्यक्ष तामाङको एक बर्षको सुविधा विद्यालयलाई प्रदान   |  श्रमदानबाट ७ करोड बराबरको सडक निर्माण   |  विपद् जोखिम न्यूनिकरण सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न   |  ज्यामिरेका ३३ विपन्न घरपरिवारलाई हिलटेक ट्याङ्की हस्तानतरण   |  ओखलढुंगामा पहिलो पटक वादोरीयो कराते डो जिल्ला शाखा गठन   |  खिजीदेम्बा ६ बन्सेमा किशोरी आत्मरक्षा तालिम सञ्चालन हुँदै   |  

Single Image

संचारमाध्यमसँग भाग्दै जिबी

  • प्रकाशित मिति: ०१-मंसिर-२०७९ ६:३३
  • रेडियो ओखलढुंगा
संचारमाध्यमसँग भाग्दै जिबी

ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुङ्गाको प्रदेशसभा क्षेत्र नम्बर २ का एमाले उम्मेद्वार ज्ञान बहादुर खड्का जिबीले सञ्चारमाध्यमबाट तर्किदै प्रचार र प्रसारको मिती गुजार्नु भएको छ । पटक पटक आफ्ना एजेन्डा र आम नागरिकले खोजेको प्रश्नको उत्तर दिन आग्रह गर्दै सम्पर्क गर्दा खड्का सम्पर्कमा आउन चाहेनन् । उहाँले संचारमाध्यम मार्फत प्रश्नको समाना गर्ने आँट गर्न सकेनन् । तर, खड्काले मात्रै होइन खड्का निकटका ब्यक्तिमार्फत समेत संचारमाध्यम मार्फत आम नागरिकले उहाँका एजेण्डा सुन्न चाहेको विषयमा खबर गर्दा समेत सम्पर्कमा नआउनु भएको हो । खड्काले संचारमाध्यमबाट गरिएका टेलिफोन र म्यासेजलाई वेवास्ता गर्नुका साथै कुनैपनि हालतमा नागरिकले उठाएका प्रश्नको जवाफ दिनु पर्छ भन्ने जिम्मेवारी बोध नगर्नुलाई नागरिक समाजले समेत आश्र्चयको रुपमा लिएका छन । पटक पटक आम नागरिकले समेत संचारमाध्यममा खड्कालाई सुन्न चाहेपनि खड्काले त्यसलाई वेवास्ता गरेसंगै आम नागरिकले उहाँको पारदर्शिता र नागरिकप्रतिको जवाफदेहितामा प्रश्न उठाएका छन् । एउटा उम्मेदवारले आफ्नो अजेण्डा जनता समक्ष राख्ने प्रभावकारी माध्यम बनेको सञ्चारमाध्यम नै हो तर नागरिकले खोजेको जवाफ दिन नसक्ने उम्मेदवारबाट के अपेक्षा गर्ने भन्ने प्रश्न यत्रतत्र उठन थालेको छ । उसो त क्षेत्र नं. २ का खड्का शुभेच्छुक र कार्यकर्ता समेत खड्काको व्यवहारबाट आजित बनेको कतिपयले गुनासो गरेका छन् ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top