१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

अमेरिकाको गे नाइट क्लबमा अन्धाधुन्ध गोली प्रहार : कम्तीमा पाँचको मृत्यु



ओखलढुंगा (रेडियो ओखलढुंगा)। अमेरिकाको कोलोराडोस्थित गे नाइट क्लबमा भएको अन्धाधुन्ध गोलीकाण्डमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
बन्दुकधारीले कोलोराडो स्प्रीङ्ग स्थित ‘क्लब क्यू’मा भएको सो गोली काण्डका आक्रमणकारी प्रहरीको नियन्त्रणमा रहेको र लागेका चोटको उपचार भइरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
क्लबमा रहेको दुई व्यक्तिले बन्दुकधारीलाई रोक्न प्रयास गरेका थिए।
दुईवटा बन्दुक घटनास्थलमा भेटिएको र आक्रमणकारीले लङ्ग राइफल्स प्रयोग गरेको ठानिएको छ। प्रहरीले अहिलेसम्म अनुसन्धान जारी रहेको भन्दै आक्रमणको नियत बताएको छैन।
‘क्लब क्यू’ ले सामाजिक सञ्जालमार्फत ‘आफ्नो समुदायमाथि भएको विवेकविहीन आक्रमण’ बाट स्तब्ध भएको जनाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘अमेरिकीले घृणा सहन नसक्ने र नहुने’ बताएका छन्।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ५ : १८ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित