७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

२ सय ७ जनाको निःशुल्क आँखा जाँच



ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नं. ६ मा २ सय ७ जनाको निःशुल्क आँखा परिक्षण गरिएको छ । वडा नं. ६ को सुनकोशी बोर्डिङ स्कुलमा शुक्रबार भएको १ दिने आँखा शिविरमा विद्यार्थी र स्थानीय सहित २ सय ७ जनाको आँखा परिक्षण गरिएको हो ।
सुनकोशी बोर्डिङ स्कुलको आयोजना जिल्ला सामुदायीक आँखा केन्द्र ओखलढुंगाको सहकार्यमा सञ्चालन गरिएको उक्त शिविरमा ३ जनामा मोतिविन्दु देखिएको, १६ जनामा दृष्टि दोष र ५ जना चस्मा प्रयोगकर्ता रहेको आँखा केन्द्र प्रमुख टिका राईले जानकारी दिुनभयो ।

May be a closeup of 1 person

आँखा केन्द्रले विद्यालयमा अध्ययन गर्ने बालबालिकाको लागि १ हजार शुल्क सम्मको निःशुल्क चस्मा वितरण गर्ने जनाएअनुसार चस्मा प्रयोगकर्ता बालबालिकाहरुलाई निःशुल्क चस्मा वितरण गरिएको सामुदायीक आँखा केन्द्र ओखलढुंगाले जनाएको छ ।

May be an image of 2 people and people standing

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  २ : ०३ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित