कुलबहादुर तामाङ कम्प्युटर एशोसियसन नेपाल महासंघ ओखलढुंगाको अध्यक्षमा राजेन्द्र कुमार राई निर्बाचित भएका छन् । महासंघको मंसिर १९ गते भएको दोश्रो अधिबेशनले राई लाई दोश्रो पटक पनि सर्वसहमत निर्बिरोध निर्बाचित भएका हुन् । राईको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको जनाईएको छ । उपाध्यक्षमा हर्क बहादुर राई, सचिब शिव कुमार श्रेष्ठ, सह सचिव भिव कुमारी श्रेष्ठ, कोषाध्यक्ष धनकाजी श्रेष्ठ, सदस्य लुकाहरी बास्तोला लगायत रहेका छन् । अधिबेशनमा गत वर्षको आर्थिक तथा कार्य प्रगति प्रतिवेन प्रस्तुत गर्दै निर्बाचन प्रक्रिया समापन गरेको संघका सचिव शिव कुमार श्रेष्ठले जानकारी दिए । त्यसैगरी, आगामी दिनमा महासंघले सरोकारवाला निकायसँग समन्वयगरि अझ बढी कार्यक्रम संचालनगरि सरोकारवालाहरुलाई सेवा दिने अध्यक्ष राईले बताए । गत वर्ष पनि संघले अन्य तालिमसंगसंगै विद्यालयका शिक्षकहरुराई कम््प्युटर सम्वन्धि पाँच दिने प्रशिक्षण पुनः ताजगि तालिम दिईएको बताए । अधिवेशनको अन्तमा निर्वाचन अधिकृत अधिवक्ता गुरु बहादुर बस्नेतले नव निर्वाचित पदाधिकारी हरुलाई सपथ ग्रहन गराउँदै प्रमाण-पत्र बितरण गरेका थिए ।
कमेन्ट गर्नुहोस
Comment Section