ब्रेकिङ न्युज

खिजीदेम्बाका विद्यालयमा निःशुल्क आँखा परिक्षण हुने   |  मोलुङ ७ पात्लेमा शेर्पाको अगुवाईमा गुम्बाका लागि सहयोग   |  सिद्धिचरण ११ को नयाँ भवनबाट सेवा प्रवाह सुरुः नगरप्रमुख खनालद्धारा उद्घाटन   |  खिजीदेम्बा ४ मा फागुन २७ देखि वज्रगुरु मन्त्र जप हुने   |  लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु : विद्यमान विकृति विरुद्ध अभियान सञ्चालन गर्ने   |  खिजीदेम्बाका खड्का लिए गैरआवासीय नेपाली नागरिकता   |  बोलेरो दुर्घटनामा परि गम्भिर घाईते खिजीदेम्बाका तामाङको ICU मा उपचार हुँदैःअवस्थामा सुधार   |  १२ औँ कर दिवसको अवसरमा ओखलढुंगा र सोलुखुम्बुका १ र १ जना करदाता सम्मानित   |  

Single Image

वामपन्थी शक्ति एक हुनुको विकल्प छैनः नेता भट्टराई

  • प्रकाशित मिति: २२-मंसिर-२०७९ १:५७
  • रेडियो ओखलढुंगा
वामपन्थी शक्ति एक हुनुको विकल्प छैनः नेता भट्टराई

ओखलढुंगा (रेडियो ओखलढुंगा) । एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष नेत्र प्रसाद भट्टराईले वामपन्थी एकताको आवश्यकता औल्याउनु भएको छ । सामाजिक सञ्जालमा आफ्नो धारण सार्वजनिक गर्नुहुँदै भट्टराईले बामपन्थी एकताले मात्रै सबैलाई सच्चिने मौका मिल्ने भएकाले एक हुनुपर्ने आवश्यकता महशुस गर्नुभएको हो । अध्यक्ष भट्टराईले वामपन्थीहरुवीचका अनावश्यक आरोपप्रत्यारोपले दक्षिणपन्थी चरम अवसरवादको मार्गको प्रस्थान विन्दुमा पुर्याउँने भन्दै वामपन्थी शक्तिहरुवीच एकता र त्यसका जिल्लातहबाट पहल गर्न आफू तयार रहेको जनाउन दिनुभएको हो । लामो समय नेकपा एमालेमा वामपन्थी राजनीति गर्नुभएका भट्टराई एमालेबाट विभाजन भई नेकपा एकिकृत समाजवादी गठनमा लाग्नु भएको थियो । समाजवादीले राष्ट्यि पार्टीको मान्यता नपाएसँगै भट्टराईको यस्तो धारण सार्वजनिक भएको हो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top