ब्रेकिङ न्युज

मोलुङमा आमा सुरक्षा कार्यक्रमः निःशुल्क गर्भवती भिडियो एक्सरे   |  ‘अर्ग्यानिक’ खानेकुरामा जोड दिन सामुदायिक विद्यालयमा चमेनागृह   |  पाँच लाख राशीको पसी शेर्पा स्मृती भलिबल आफ्नै खेलमैदानमा   |  दावा एग्रो टुरीजम रिसोर्टमा आगलागीः एक करोडको क्षती   |  चित्रेका युवाहरुलाई शिली नृत्य प्रशिक्षण   |  खिजिदेम्बामा सोनाम ल्होसारको शुभकामना आदानप्रदान   |  मोलुङ हाईड्रोको शेयर भर्ने म्याद थप   |  विपन्न परिवारलाई जाडो छल्न कम्बल   |  

Single Image

डिना बोलुआर्ते पेरुको पहिलो महिला राष्ट्रपति

  • प्रकाशित मिति: २२-मंसिर-२०७९ १:२८
  • रेडियो ओखलढुंगा
डिना बोलुआर्ते पेरुको पहिलो महिला राष्ट्रपति

ओखलढुंगा (रेडियो ओखलढुंगा) । पेरुको पहिलो महिला राष्ट्रपति डिना बोलुआर्ते बन्नुभएको छ। राष्ट्रपति पेड्रो क्यास्टिलो महाअभियोग लागेर पदमुक्त भएपछि यसअघि उपराष्ट्रपति रहेकी डिना बोलुआर्ते राष्ट्रपति चुनिनुभएको बीबीसीले जनाएको छ। यसअघिका राष्ट्रपति पेड्रोले संसद भंग गर्न लागेको सूचना पाएपछि आपतकालीन संसद बैठक बोलाइएको थियो। त्यसपछि पेड्रोविरुद्ध महाअभियोग लगाएर पदमुक्त गरिएको र हिरासतमा राखिएको बीबीसीले जनाएको छ। राष्ट्रपतिको सपथ ग्रहण गरे लगत्तै ६० वर्षीया बोलुआर्तेले आफू सन् २०२६ सम्म यो पदमा रहने दाबी गर्नुभयो । अघिल्ला राष्ट्रपति पेड्रोको कार्यकाल पनि सोही समयसम्म थियो।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top