ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

लोकदोहोरी प्रतिष्ठानमा श्रेष्ठ चयन

  • प्रकाशित मिति: २५-मंसिर-२०७९ ४:१२
  • रेडियो ओखलढुंगा
लोकदोहोरी प्रतिष्ठानमा श्रेष्ठ चयन

ओखलढुंगा (रेडियो ओखलढुंगा) । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा बालकुमार श्रेष्ठ चयन हुनु भएको छ । चम्पादेवीको पलापुमा भएको अधिवेशनले श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । यसअघि सपना सुनाम अध्यक्ष हुनुहुन्थ्यो । मंसिर २४ गते प्रतिष्ठानका केन्द्रीय उपमहासचिव शिव हमालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले प्रथम उपाध्यक्षमा कविता खत्री, द्धितीय उपाध्यक्ष दीर्घ गदाइली, सचिवमा केशव गदाईली लगायत पदाधिकारी रहेको समिति गठन भएको निवर्तमान सचिव तिलक सुनुवारले जानकारी दिनुभयो । हाललाई २१ सदस्य रहेको समिति बनेको र ४ जना सदस्य पछि मनोनयन गर्ने अधिकार कार्यसमितिलाई दिइएको सुनुवारको भनाइ छ । अधिवेशनको उद्घाटन सत्रमा प्रदेश नम्बर १ का सांसद प्रदीप कुमार सुनुवार, पूर्व सांसद यज्ञराज सुनुवार, प्रदेश नम्बर २ मा भरखरै सम्पन्न निर्वाचनमा एमालेबाट प्रत्यासी ज्ञानबहादुर खड्का लगायतका नेताहरु उपस्थित रहनु भएको थियो । प्रतिष्ठानले पलापुमा जग्गा खोज्ने र प्रतिष्ठानको भवन बनाउने अभियान समेत अघि बढाएको सो अवसरमा जानकारी दिए ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top