ब्रेकिङ न्युज

निशुल्क लोकसेवा तयारी कक्षा सुरु   |  करेन्ट लागेर महिलाको मृत्यु   |  ट्रयाक्टर दुर्घटना हुँदा २ घाईते चालक फरार   |  शेर्पा संघ प्रदेश नं. १ को अध्यक्षमा पासाङ   |  ओखलढुंगामा बिना बिलको पेय पदार्थ सहित मालबाहक ट्रक नियन्त्रणमा   |  ओखलढुंगामा श्रीमानको कुटाईबाट श्रीमतीको ज्यान गयो, श्रीमान पक्राउ   |  सोलुखुम्बुमा भएको भलिबल खेलको उपाधि युवा संघ ओखलढुंगाले जित्यो   |  जबरजस्ती करणी अभियोगमा मोलुङका एक पुरुष पक्राउ   |  

Single Image

खिजीदेम्बामा सिविआरको चर्चा

  • प्रकाशित मिति: ०३-पौष-२०७९ ४:२८
  • रेडियो ओखलढुंगा
खिजीदेम्बामा सिविआरको चर्चा

ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगा सामुदायिक अस्पताल, समुदायमा आधारित पुनः स्थापना कार्यक्रम (सिविआर) अन्तरगत खिजीदेम्बा गाउँपालिकामा सञ्चालित कार्यक्रमहरुको अनुगमन सम्पन्न भएको छ । वडा नं. १, २, ४ र ५ मा सञ्चालित कार्यक्रमहरुको अनुगमन गरेको हो । खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगर, स्वरोजगार शाखाका सूर्य प्रकाश सुनुवार, कृृषि शाखाका प्रमुख विनोद ढकाल लगायत सहभागि हुनु भएको थियो । त्यस्तै, अनुगमनमा ईलाका प्रशासन कार्यालय खिजिफलाटेका प्रमुख पेशलबहादुर विश्वकर्मा, नेपाल पत्रकार महासंघ ओखलढुंगाका अध्यक्ष लाक्पा जी शेर्पा, सदस्य एसवि जेरो, गाउँपालिका स्तरीय अपांगता समन्वय समितिका अध्यक्ष कमल कृष्ण तामाङ, वडा अध्यक्षहरु लगायत सहभागी रहनु भएको सहजकर्ता ख्याम बरालले जानकारी दिनुभयो । वडाभित्र रहेका अपांगता भएका व्यक्तिहरुको सहज जिवनयापनका लागि जीविकोपार्जन सुधार, स्वास्थ्य, शिक्षा, सशक्तिकरण लगायतको क्षेत्रमा गरेका कार्यहरुको अनुगमन भएको टिम लिडर प्रेम जिसिले जानकारी दिनुभयो । सिविआरको सहयोगमा अपांग मैत्री शौचालय, बीउ पुँजि वितरण, शौचकुर्सी, वैशाखी, पठनपाठन, पशुपालन, औषधोपचार, अपांग परिचयपत्र वितरणमा सहजिकरण लगायतमा सहयोग गरिरहेको वडा नं. १, २ र ३ का सिविआर सहजकर्ता अन्जना थापाले जानकारी दिनुभयो । सविआरले शारीरिक अपांगता भएका व्यक्तिहरुलाई फिजिओथेरापी समेत गराएसँगै कतिपय पूर्ण अशक्तहरुलाई सामान्य हिँडडुल र दैनिक जिवनका क्रियाकलाप सञ्चालन गर्न सहज भएको वडा नं. ४, ७ र ८ का सिविआर सहजकर्ता जिना राईले जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत स्वास्थ्य, शिक्षा, जिविकोपार्जन, सामाजिकीकरण र शसक्तिकरणको क्षेत्रमा काम गरिरहेका छन् ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top