ओखलढुंगा (रेडियो ओखलढुंगा) । खिजिदेम्बा गाउँपालिकाको गुरु योजना निर्माण कार्य शुरु भएको छ । गाउँपालिकालाई नमुना र सौन्दर्य बनाउनको लागि गुरु योजना निर्माण शुरु भएको हो । सडक, भौतिक पुर्वाधार, धार्मिक, सांस्कृतिक अवस्थाका बारेमा विस्तृत रुपमा परामर्शदाता मार्फत गुरु योजनाको काम अघि बढाएको अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो । योजना ६ महिनाभि सम्पन्न गर्ने लक्ष्य रहेको ईन्जिनियर निश्चल शाहीले बताउनुभयो । पहिलो चरणमा भूगोल अध्ययनको काम सम्पन्न भैसकेको छ । तत्काल आमा घर निर्माण लगायतलाई प्रथामिकतामा राखेर काम भैरहेको अध्यक्ष शेर्पाको भनाई छ । सडक वरिपरि हरियाली बनाउने, विद्यालय लगायत महत्वपूर्ण स्थलहरु डिजिटलाईज गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस
Comment Section