ब्रेकिङ न्युज

निशुल्क लोकसेवा तयारी कक्षा सुरु   |  करेन्ट लागेर महिलाको मृत्यु   |  ट्रयाक्टर दुर्घटना हुँदा २ घाईते चालक फरार   |  शेर्पा संघ प्रदेश नं. १ को अध्यक्षमा पासाङ   |  ओखलढुंगामा बिना बिलको पेय पदार्थ सहित मालबाहक ट्रक नियन्त्रणमा   |  ओखलढुंगामा श्रीमानको कुटाईबाट श्रीमतीको ज्यान गयो, श्रीमान पक्राउ   |  सोलुखुम्बुमा भएको भलिबल खेलको उपाधि युवा संघ ओखलढुंगाले जित्यो   |  जबरजस्ती करणी अभियोगमा मोलुङका एक पुरुष पक्राउ   |  

Single Image

निःशुल्क आँखा शिविरः १ सय ७२ जनाको आँखा जाँच

  • प्रकाशित मिति: १३-पौष-२०७९ १०:५१
  • रेडियो ओखलढुंगा
निःशुल्क आँखा शिविरः १ सय ७२ जनाको आँखा जाँच

ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगाको मोलुङ गाँउपालिका वडा नम्बर ६ श्रीचौैरमा एक दिने मोतिबिन्दु छनौट शिविर सम्पन्न भएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुंगा र वडा नम्बर ६ को आयोजनामा मंगलबार शिविर सम्पन्न भएको हो । शिविरबाट वडाभित्रका १ सय ७२ जनाले सेवा लिएका छन् भने १६ जना चस्मा प्रयोगकर्ता भेटिएको वडा अध्यक्ष कमल तामाङले जानकारी दिनुभयोे । त्यस्तै ९ जनाको शल्यक्रिया गर्नुपर्ने भएकोे तामाङले बताउनुभयो । शल्यक्रिया गर्नुपर्ने बिरामिहरुको पौष १९ गत्ते जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुंगामा स;शुल्क मोतिबिन्दु शल्यक्रिया गरिने आँखा केन्द्र प्रमुख टिका राईले जानकारी दिनुभयो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top