ओखलढुंगा (रेडियो ओखलढुंगा) । विराज समाजले ओखलढुंगाको जन्तरधापदेखि सोलुखुम्बुको जुनवेशीसम्म ४ दिने पदयात्रा गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ६, जन्तरधाप हुँदै जुनवेशीसम्म पदयात्रा गरेको हो । पदयात्रा गर्ने यात्रीहरुको समस्या समाधान, उनीहरुका सुविधाका लागि गर्नुपर्ने कार्यको अध्ययन र पदयात्रा प्रवद्र्धन गर्ने उद्धेश्यले ४ दिने पदयात्रा गरिएको समाजका अध्यक्ष रामप्रसाद दाहालले जानकारी दिनुभयो । पौष ६ गतेबाट सुरु गरेको पदयात्रा जन्तरधाप देखि सोलुखुम्बुको ४ हजार २ सय मिटर अग्लो स्थानमा रहेको पिके हुँदै जुनबेशीको थुप्तेन छोईलिङ गुम्बा सम्म पुगेर टुङ्ग्याईएको जनाएको छ । समाजले यसभन्दा अघि जिल्लाका विभिन्न विद्यालयलाई न्यानो कपडा वितरण, जेष्ठ नागरिकलाई सम्मान, उत्कृष्ट विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण तथा विभिन्न प्रतियोगीता आयोजना गर्दै आएको दाहालले बताउनुभयो । समाजका निर्वतमान अध्यक्ष दिनेशकुमार मगरको नेतृत्वमा पूर्व एआईजी राजेश श्रेष्ठ, एलिकोमेटलाईफ ईन्स्योन्स कम्पनीको सिईओ निर्मलकाजी श्रेष्ठ, समाजसेवी दिनेश राजभण्डारी, सवन श्रेष्ठ र अनिमेश श्रेष्ठको सहभागीतामा पदयात्रा गरिएको थियो ।
कमेन्ट गर्नुहोस
Comment Section