६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

माघेसङ्क्रातिः किसानहरु तरुल बिक्रि गर्न ब्यस्त



ओखलढुंगा (रेडियो ओखलढुंगा) । माघेसङ्क्राति नजिकिदै गर्दा तरुल खन्न र बिक्री गर्न किसानहरु व्यस्त बनेका छन् । ओखलढुंगाको सबै क्षेत्रमा उत्पादन हुने तरुल खनेर बजारमा बिक्रीका लागि कसानहरुलाई भ्याइनभ्याइ भएको देखिन्छ । माघेसङ्क्रातिमा तरुलको माग धेरै हुने हुँदा यतिबेला किसानले आफ्नो बारीमा लगाएको तथा जंगलमा पाईने तरुल खनेर सदरमुकामस्थित, सिद्धिचरण नगरपालिका वडा नं. १२ मा साताको दुई पटक शनिबार र बुधबार लाग्ने हाटसम्म लैजाने काम गरिरहेका छन् । यतीबेला स्थानीय स्तरमा पाईने वनतरुल, घरतरुल, स्कुसको जरा, सखरखण्ड लगायतका तरुलको माग अत्याधिक हुने भएको र सहजरूपमा बिक्री हुने भएपछि आफूले लगाएको तरुल खनेर बुधबारे हाटसम्म आएर विक्रि गर्ने गरेको सिद्धिचरण नगरपालिका वडा नं. ७ की, आङलाकि शेर्पाले बताउनुभयो ।
कृषि पेशामा नै आत्मनिर्भर बनेका जिल्लाका धेरैजसो नागरिकहरुले माघेसङक्रातिको मौका छोपेर तरुल बेच्न ल्याउदा सहजरुपमा विक्रि हुने भएकाले बनतरुल खोजेर बेच्न ल्याएको स्थानीय पेमायाङजी शेर्पाले बताउनुभयो । प्रायः जङ्गलमा घण्टौ लाएर खोजेको तरुल थौरै भेटाउने भएपनि तरुलबाट आएको रकमले घरखर्च चलाउन सहज हुने भन्दै जिविकोपार्जनकै लागि बजारसम्म आउने गरेको शेर्पाको भनाई छ ।
स्कुसको जरा बेच्दै गर्नुभएको मिङमा शेर्पाले अघिल्लो हप्ता पनि तरुल बेच्न ल्याउनुभएको थियो । माघेसङक्राति नजिकिएपछि अघिल्लो हप्ताको तूलना यो हप्ता तरुलको माग र मूलय बढी भएको उहाँको भनाई छ । अर्काे हप्ता खासै तरुल बिकी्र नहुने बताउदै शेर्पाले यो हप्ता नै सकेको तरुल खनेर हाटसम्म ल्याएर विक्री गर्नुभएको छ ।
किसानले सबै प्रकारका तरुल प्रतिकेजी २ सय देखि २ सय ५० रुपैयाँसम्म विक्रि गर्ने गरेका छन् । पौष ३० गते शनिबार सदरमुकाममा हाट लाग्ने भएपनी यो हप्ता नै तरुल किनबेच गर्नेकोे घुँईचो बढेको थियो । अघिल्लो दिन पकाएर सङक्रातिको दिन खाने भएकाले तरुल, सखरखण्ड किनमेल गर्नेको भिड यो हप्ता नै बढेको हो । नेपाली समुदायमा तरुलसँगै, चाकु सेलरोटी लगायतका परिकार खाएर माघेसङ्रक्राती मनाउने प्रचलन रहेको छ ।

 

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ७ : ५६ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित