ओखलढुंगा (रेडियो ओखलढुंगा) । जिल्ला खेलकुद विकास समिती ओखलढुंगाले जिल्लाका सबै स्थानीय तहलाई राष्ट्रपती रनिङग शिल्ड प्रतियोगीता गराउन अनुरोध गरेको छ । राष्ट्रिय खेलकुद परिषदको प्राप्त पत्रअनुसार फाल्गुन महिनाको दोस्रो सातामा जिल्ला स्तरीय राष्ट्रपती रनिङग शिल्ड प्रतियोगीता गरिसक्नु पर्ने भएकाले सबै पालिकालाई प्रतियोगीता गर्द अनुरोध गरिएको हो । जिल्लाको एक नगरपालिका सहित सात गाउँपालिकाले आफ्नो स्थानीय तहभित्र पर्ने मावि स्तरीय विद्यालयलयका विद्यार्थीहरुलाई सहभागी गराई माघ मसान्तसम्ममा प्रतियोगीता सम्पन्न गर्न भनेको जिल्ला खेलकुद विकास समिती ओखलढुंगाका अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिनुभयो । कोभिड १९ का कारण अघिल्लो वर्ष राष्ट्रपती रनिङ शिल्ड प्रतियोगीता गर्न नसक्दा खेलाडीहरुले खेल छाड्ने गरेको पाईएकाले यस वर्ष चाँडै प्रतियोगीता सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । खेलमा सहभागी हुन ईच्छुक मावि तहसम्म पठनपाठन गर्दै आएका विद्यार्थीहरुले आफ्नो विद्यालयबाट आवश्यक फारम भरी नगरपालिका वा गाउँपालिकाले सञ्चालन गरेको राष्ट्रपती रनिङग शिल्ड प्रतियोगीतामा सहभागी हुनसक्नेछन् । गाउँ वा नगरमा उत्कृष्ट ३ प्रतिष्पर्धीलाई फागुन दोस्रो हप्ता जिल्लास्तरीय प्रतियोगितामा समावेश गराईनेछ । जिल्लामा उत्कृष्ट बनेका खेलाडीहरु प्रदेश र प्रदेशमा उत्कृष्ट बनेका खेलाडीहरु राष्ट्रियस्तरसम्म खेल्न पाउने प्रावधान रहेको जिल्ला खेलकुद विकास समिति ओखलढुंगाले जनाएको छ ।
कमेन्ट गर्नुहोस
Comment Section