ओखलढुंगा (रेडियो ओखलढुंगा) । खिजीदेम्बा गाउँपालिका ५ खिजीफलाटेस्थित फुलमती माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ । प्रदेश सभा सदस्य प्रदीप कुमार सुनुवारले एक समारोहकावीच भवनको उद्घाटन गर्नुभएको हो ।
एशियाली विकास वैंकको करीव ९ करोड आर्थिक अनुदानमा निर्माण भएको २ वटा भवनको उद्घाटन गरिएको प्रधानाध्यापक रुद्र शंकर घिमिरले जानकारी दिनुभयो ।
२४ वटा कोठा रहेको सुविधा सम्पन्न भवन राष्ट्रिय पुनः निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाईमार्फत निर्माण गरिएको थियो । उद्घाटन सत्रमा गाउँपालिकाका उपाध्यक्ष सुशिला तामाङ, शिक्षा विकास तथा समन्वय इकाई, ओखलढुंगाका प्रमुख नेत्रप्रसाद गजुरेल, वडा नम्बर ६ का वडा अध्यक्ष रामकुमार सुनुवार लगायतको उपस्थिती रहनु भएको प्रअ घिमिरेको भनाइ छ ।
लुम्बिनी जेबी निर्माण कम्पनद्धारा निर्माण सम्पन्न भवन उद्घाटन समारोहका अवसरमा बिद्यालय ब्यबस्थापन समितिका पूर्व अध्यक्षहरू तेज बहादुर सुनुवार, लाक्पा गेल्बु शेर्पा, लिला कुमारी सुनुवार, बिजय लामा, पूर्व प्रधान पञ्चहरू निधी भक्त सुनुवार, भैरव कृष्ण सुनुवार, पूर्व गा बि स अध्यक्ष नन्द बहादुर सुनुवार , निवर्तमान खिजीदेम्बा गाउँपालिका प्रमुख बेद बहादुर रोका लगायतलाई सम्मान गरिएको पत्रकार इन्द्र घिसिङले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस
Comment Section