ओखलढुंगा (रेडियो ओखलढुंगा) । खिजीदेम्बा १ रगनी, ओखलढुंगामा घरपालुवा पशुहरुमा खोरेद रोगको प्रकोप देखिएको छ । खोरेदबाट भैसी, गाई, बाख्राहरु मर्न थालेको हो ।
केही दिन यता गाईवस्तुहरुमा खोरेद रोगको प्रकोप बढेको स्थानीय निर्मल सुनुवारले जानकारी दिनुभयो । घरमा पालेका गाइ , भैसी बाख्रा, पाठा पाठी, राँगा लगायतमा सिगाँन चुहाउने, घाउहरु देखा पर्ने, पसिना निकाल्ने जस्ता लक्षणहरु देखा पर्ने गरेको सुनुवारको भनाई छ । बिरामी भएको छोटो समयमा नै पशुहरु मुत्यु हुने गरेकाले कृषकहरु आतंकित बनेका छन् । औषधी उपाचारबाट पनि शतप्रतिशत निको नहुने गरेको स्थानीयहरु बताउँछन् । रोगप्रकोप न्यूनिकरण लागि वडाबाट सक्दो प्रयास गरिरहेको वडाध्यक्ष कुमार सुनुवारले बताउनुभयो । गाउँपालिका, पशु विकाश शाखा, पशु चिकित्सकसँग समन्वय गरेर समस्याको समाधान गर्न पहल भइरहेको जनाइएको छ । अहिलेसम्म ६ वटा भन्दा बढी पशुधनको क्षति भइसकेको जनाइएको छ ।
२ माघ २०७९, सोमबार
88
Shares