ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगामा आठौं राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र नगर योग समितिको सह आयोजनामा कार्यक्रम भएको हो । योग गुरु खिलाप्रसाद बास्कोटाको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, नगरपालिकाका निवर्तमान प्रमुख मोहन श्रेष्ठको उपस्थितिमा सिद्धिचरण नगरपालिकाको सभा हलमा कार्यक्रम भएको जिल्ला आयुर्वेद स्वस्थ्य केन्द्र ओखलढुंगा का प्रमुख डा.सरिता बजगाइले जानकारी दिनुभयो । कार्यक्रममा सहभागीसरुलाई योग गुरुहरुद्धारा विभिन्न योग, रोग लाग्न नदिने, लागिसके पछि पनि प्रयोगमा आउने योग आसनहरुका बारेमा प्रशिक्षण गराउनु भएको थियो । विश्वभर योग भूमिका, महत्वका बारेमा छलफल तथा अन्तरकृया गरिएको जनाएको छ ।
कमेन्ट गर्नुहोस
Comment Section