ओखलढुंगा (रेडियो ओखलढुंगा) । मानेभन्ज्याङ गाउँपालिकाको वडा नं. ९ माधवपुरस्थित एक महिलाको पोखरीमा डुबेर मृत्यु भएको छ । माधवपुरका ढाकसिंह राईको श्रीमती वर्ष ४५ की कुमारी राईको मंगलबार विहान ११ बजे घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो । छारे रोगको विरामी रहेका राईको घर नजिकै बस्तुलाई पानी खुवाउन बनाईएको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । घरमा कोही नभएको अवस्थामा पोखरीमा डुबिरहेको देखेपछि राईलाई उद्धार गरी छिमेकीहरुले घरमा लगेर राखेका थिए । उनको मृत्यु भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मानेभन्ज्याङबाट खटिएको प्रहरीको टोलीले घटनास्थल सुरक्षित राखेको छ । थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरिक्षकको कमाण्डमा ५ जना टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस
Comment Section