ब्रेकिङ न्युज

मोलुङमा आमा सुरक्षा कार्यक्रमः निःशुल्क गर्भवती भिडियो एक्सरे   |  ‘अर्ग्यानिक’ खानेकुरामा जोड दिन सामुदायिक विद्यालयमा चमेनागृह   |  पाँच लाख राशीको पसी शेर्पा स्मृती भलिबल आफ्नै खेलमैदानमा   |  दावा एग्रो टुरीजम रिसोर्टमा आगलागीः एक करोडको क्षती   |  चित्रेका युवाहरुलाई शिली नृत्य प्रशिक्षण   |  खिजिदेम्बामा सोनाम ल्होसारको शुभकामना आदानप्रदान   |  मोलुङ हाईड्रोको शेयर भर्ने म्याद थप   |  विपन्न परिवारलाई जाडो छल्न कम्बल   |  

Single Image

मानेभन्ज्याङमा वडा नं. १, मोलीबाट एकिकृत घुम्ति शिविर सुरु

  • प्रकाशित मिति: ०३-माघ-२०७९ २:१२
  • रेडियो ओखलढुंगा
मानेभन्ज्याङमा वडा नं. १, मोलीबाट एकिकृत घुम्ति शिविर सुरु

ओखलढुंगा (रेडियो ओखलढुंगा) । मानेभन्ज्याङ गाउँपालिका ओखलढुंगाले एकिकृत स्वास्थ्य परिक्षण तथा परिचयपत्र घुम्ति शिविर सुरु गरेको छ । गाउँपालिकाको महिला बालबालिका तथा समाज कल्याण शाखा र स्वास्थ्य शाखाको आयोजनामा पालिकाको वडा नं. १ मोलीबाट एकिकृत स्वास्थ्य परिक्षण तथा परिचयपत्र घुम्ति शिविर सुरु गरेको हो । वडा नं. १ स्वास्थ्य चौकी मोलीमा मंगलबार भएको शिविरमा जेष्ठ नागरिक, अपाङगता भएको ब्यक्ति, दीर्घरोगीहरु, गर्भवती लगायत गरी १ सय ५० भन्दा बढी नागरीकहरुको स्वास्थ्य जाँच तथा परिचयपत्र लिएको पालिकाको स्वास्थ्य शाखा, जनस्वास्थ्य निरिक्षक ढबलराज राईले जानकारी दिनुभयो । शिविरमा आयुर्वेद सेवा, आँखा परिक्षण, ईसीजी, गर्भवती एक्सरे सेवा, गर्भवती जोडी तालिम प्रदान गर्दै निःशुल्क औषधी वितरण गरिएको छ । त्यस्तै अपाङ तथा जेष्ठ नागरिकहरुलाई परिचयपत्र वितरण गरिएको राईले बताउनुभयो । ११ गतेसम्म सञ्चालन हुने शिविर अन्तर्गत, ४ गते वडा नं. २ वाक्सा, ५ गते वडा नं. ३ उँबु, ६ गते वडा नं. ४ केतुके, ७ गते वडा नं. ७ वडा कार्यालय टोक्सेल, ८ गते वडा नं. ९ निकेतन मावि माधवपुर, ९ गते वडा नं. ८ वडा कार्यालय राघवपुर, १० गते वडा नं. ६ स्वास्थ्य चौकी थाक्ले र ११ गते वडा नं. ५ स्वास्थ्य चौकी मानेभन्ज्याङबाट सेवा प्रदान गरिनेछ । शिविरमा अपाङगता परिचयपत्र वितरण तथा नविकरण गर्नको लागि वडाको सिफारिस, ३ प्रति फोटो, जन्मदर्ता वा नागरिकता, अनूसूचि बमोजिम निवेदन लिएर आउनुपर्नेछ । त्यस्तै जेष्ठ नागरिक परिचयपत्रको लागि वडाको सिफारिस, दुई प्रति फोटो र नागरिकता, गर्भवती जोडी तालिम तथा भिडियो एक्सरेको लागि गर्भवती परिक्षण पुर्जाको आवश्यक पर्नेछ । जेष्ठ नागरिक स्वास्थ्य परिक्षणको लागि जेष्ठ नागरिक परिचयपत्र, विरामी पूर्जा, सेवन गरिरहेको औषधी, त्यस्तै दिर्घरोगी स्वास्थ्य परिक्षणको लागि विरामी पूर्जा र सेवन गरिरहेको औषधी लिएर आउन पालिकाले अनुरोध गरेको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top