ओखलढुंगा (रेडियो ओखलढुंगा) । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सिद्धिचरण नगरपालिका वडा नं. १२ का बिपन्न, दलित तथा जेष्ठ नागरीकहरुलाई कम्बल वितरण गरेको छ । जाडो बढेसँगै जाडो छल्न प्रशासनमार्फत प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले विपन्न परिवारलाई कम्बल वितरण गर्नुभएको हो ।
मंगलबार वडाभित्रका १५ घर परिवालाई दुई÷दुई थान कम्बल वितरण गरिएको वडा अध्यक्ष उमंग श्रेष्ठले जानकारी दिनुभयो । १५ घरपरिवारमध्ये १० घरपरिवार दलित र ५ घरपरिवार बिपन्न तथा जेष्ठ नागरीक रहेका छन् । उनीहलाई भडाँरे दलित बस्तिमै गएर कम्बल वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस
Comment Section