ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगामा अन्तर मावि स्तरीय छात्रा भलिबल प्रतियोगीता सुरु भएको छ । सिद्धिचरण नगरपालिका वडा नं. १२ र ओखलढुंगा युथ फाउन्डेसनको आयोजनामा सदरमुकाम स्थित स्थानीय खेलमैदानमा प्रतियोगीता सुरु भएको हो ।
प्रतियोगीताको उद्घाटन कार्यक्रममा बोल्दै सिद्धिचरण नगरपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी तेजेन खनाल तेजेन्द्रले खेल जीवन अनुशासनसँग सम्बन्धित भएको र राष्ट्रलाई चिनाउने माध्यम भएको बताउँदै नगरभित्रका सबै विद्यालयमा क्रमशः खेल प्रतियोगीता आयोजना गर्दै लैजाने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।
प्रायः पुरुषहरुको लागि विभिन्न प्रतियोगीता आयोजना भैरहेपनी महिलाले पनि खेलमा सहभागी भई राष्ट्रलाई चिनाउन सक्छन्, भन्ने उद्देश्यका साथ छात्राहरुको हौसलाको लागि छात्रा भलिबल प्रतियोगीता आयोजना गरिएको वडा नं. १२ का वडा अध्यक्ष तथा आयोजक उमंग श्रेष्ठको भनाई छ ।
नगरभित्रका ६ ओटा विद्यालबाट सहभागी रहेको प्रतियोगीताको पहिलो खेलमा विगुटार मावि विगुटारलाई हराउँदै सगरमाथा जनता माविले जित हात पारेको छ । त्यस्तै दोस्रो खेलमा चम्पादेवी मावि सल्लेरीलाई हराउँदै लालीगुराँस ईङ्लिस स्कुलले जित हात पारेको छ । बाँकी दुई समूहको खेल भोली शनिबार ९ बजेबाट सुरु हुने आयोजकले जनाएको छ । शनिबार हुने खेलमा कुन्ता मावि ज्यामिरे र शुभलक्ष्मि बोर्डिङ स्कुल खेल्दैछन् ।
८ गतेसम्म चल्ने प्रतियोगीताको विजेता समूहले रु.३० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले २० हजार, सान्त्वना समूहले १० हजार र उत्कृष्ट खेलाडीले रु ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
कमेन्ट गर्नुहोस
Comment Section