ओखलढुंगा (रेडियो ओखलढुंगा) । सिद्धिचरण नगरपालिका वडा नं. १२, सदरमुुकाममा सम्पन्न अन्तर मावि स्तरीय छात्रा भलिबल प्रतियोगीताको उपाधी लालीगुराँस अङ्ग्रेजी स्कुलले जितेको छ । आईतबार भएको फाईनल खेलमा लालीगुराँस अंग्रेजी स्कुलले चम्पादेवी माध्यमिक विद्यालय सल्लेरीलाई ३—० को सोझो सेटमा हराउँदैै उपाधी जितेको हो ।
फाईनलमा हार ब्यहोरेसँगै चम्पादेवी मावि प्रतियोगीताको उपविजेता बनेको छ । त्यस्तै विगुटार माध्यमिक विद्यालयलय विगुटारलाई ३—० को सेटमा हराउँदै सगरमाथा जनता माध्यमिक विद्यालयले तृतिय स्थान हाँसिल गरेको छ भने विगुटार मावि सान्त्वना बनेको छ ।
नगरभित्रका ६ ओटा विद्यालय सहभागी रहेको प्रतियोगीतामा शुभलक्ष्मी अंग्रेजी स्कुल र कुन्ता माध्यमिक विद्यालयल ज्यामिरे लिग चरणबाटै बाहिरिएका थिए ।
प्रतियोगीताको विजेता बनेसँगै लालिगुराँसले रु.३० हजार, उपविजेता चम्पादेवीले २० हजार र तृतीय सगरमाथाले १० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सान्तवना हुने विगुटारलाई भलिबल, नेट र प्रमाणपत्र प्रदान गरिएको छ ।
उत्कृष्ट खेलाडी लालिगुराँस अंग्रेजी स्कुलका मनिसा तामाङ र वेस्ट स्पाइकर सगरमाथा जनता माविका निर्मला सुनुवारलाई २५÷२५ सय सहित ट्रफी प्रदान गरीएको वडा नं. १२ का वडा अध्यक्ष तथा आयोजक उमंग श्रेष्ठले जानकारी दिनुभयो ।
सिद्धिचरण नगरपालिका वडा नं. १२ र ओखलढुंगा युथ फाउन्डेसनको संयुक्त आयोजनामा सदरमकामस्थित स्थानीय खेलमैदानमा सम्पन्न प्रतियोगीता माघ ६ गतेबाट सुरु भएको थियो ।
कमेन्ट गर्नुहोस
Comment Section