ब्रेकिङ न्युज

मोलुङमा आमा सुरक्षा कार्यक्रमः निःशुल्क गर्भवती भिडियो एक्सरे   |  ‘अर्ग्यानिक’ खानेकुरामा जोड दिन सामुदायिक विद्यालयमा चमेनागृह   |  पाँच लाख राशीको पसी शेर्पा स्मृती भलिबल आफ्नै खेलमैदानमा   |  दावा एग्रो टुरीजम रिसोर्टमा आगलागीः एक करोडको क्षती   |  चित्रेका युवाहरुलाई शिली नृत्य प्रशिक्षण   |  खिजिदेम्बामा सोनाम ल्होसारको शुभकामना आदानप्रदान   |  मोलुङ हाईड्रोको शेयर भर्ने म्याद थप   |  विपन्न परिवारलाई जाडो छल्न कम्बल   |  

Single Image

चौथो खिजिदेम्बा अल्ट्रा फुल म्याराथन (४२ कि.मि.) फागुन १८ मा

  • प्रकाशित मिति: १०-माघ-२०७९ ३:३७
  • रेडियो ओखलढुंगा
चौथो खिजिदेम्बा अल्ट्रा फुल म्याराथन (४२ कि.मि.) फागुन १८ मा

ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगामा फागुन १८ गतेबाट चौथो खिजिदेम्बा अल्ट्रा फुल म्याराथन हुने भएको छ । ओखलढुंगा टुरिजम डेभलोपमेन्ट कमिटीको आयोजना तथा खिजिदेम्बा गाउँपालिकाको सह–आयोजनामा चौथो खिजिदेम्बा अल्ट्रा फुल म्याराथन ४२ किलोमिटर हुने भएको हो । खिजिदेम्बा गाउँपालिका वडा नं. ५ खिजिफलाटेबाट सुरु हुने प्रतियोगीता चुप्लुङ भञ्ज्याङ, थोलेदेम्बा, ताक्लुङ, लामुजे, बुलबुले, फाक्से, खुन्दुर्के, दोराखार्क, ताउर, चुप्लुङ भञ्ज्याङ, दोब्रे भञ्ज्याङ हुँदै खिजिफलाटे बजार आएर सम्पन्न हुने संस्थाका महासचिव तथा खेल संयोजक पासाङ शेर्पाले जानकारी दिनुभयो । खेलकुदबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ दौड प्रतियोगीता आयोजना गरिएको शेर्पाले बताउनुभयो । प्रतियोगीता फागुन १८ गते विहानबाट सुरु भई सोही दिन सकिनेछ । प्रतियोगीतामा अल्ट्रा धाविका मिरा राई सहित अन्तराष्ट्रिय धावकहरु, आर्मी तथा स्थानीय धावक गरि सय भन्दा बढीको सहभागीता रहने अपेक्षा गरिएको छ । प्रतियोगीतामा सहभागी हुन ईच्छुक राष्ट्रिय तथा स्थानीय धावकहरुलाई नाम दर्ताको लागि १५ सय र विदेशी धावकहरुलाई ५० अमेरीकी डलर तोकिएको छ । धावकहरुले फागुन १६ गते बेलुका ७ बजेसम्म नाम दर्ता गराईसक्नुपर्नेछ । म्याराथन प्रतियोगीतामा प्रथम, द्धितिय, तृतीय र सान्तवना स्थान प्राप्त गर्ने धावकहरु महिला, पुरुष दुवैतर्फ रु.७० हजार, ६० हजार, ५० हजार र २५ हजार प्रदान गरिनेछ । त्यस्तै स्थानीय धावकहरुको हकमा प्रथम, द्धितिय र तृतीय स्थान प्राप्त गर्ने महिला, पुरुष दुवैतर्फ धावकहरुलाई २० हजार, १५ हजार र १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । May be an image of text


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top