ब्रेकिङ न्युज

खिजीदेम्बाका विद्यालयमा निःशुल्क आँखा परिक्षण हुने   |  मोलुङ ७ पात्लेमा शेर्पाको अगुवाईमा गुम्बाका लागि सहयोग   |  सिद्धिचरण ११ को नयाँ भवनबाट सेवा प्रवाह सुरुः नगरप्रमुख खनालद्धारा उद्घाटन   |  खिजीदेम्बा ४ मा फागुन २७ देखि वज्रगुरु मन्त्र जप हुने   |  लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु : विद्यमान विकृति विरुद्ध अभियान सञ्चालन गर्ने   |  खिजीदेम्बाका खड्का लिए गैरआवासीय नेपाली नागरिकता   |  बोलेरो दुर्घटनामा परि गम्भिर घाईते खिजीदेम्बाका तामाङको ICU मा उपचार हुँदैःअवस्थामा सुधार   |  १२ औँ कर दिवसको अवसरमा ओखलढुंगा र सोलुखुम्बुका १ र १ जना करदाता सम्मानित   |  

Single Image

शैक्षिक सुधारका लागि खिजिदेम्बामा साल्स परियोजना

  • प्रकाशित मिति: १०-माघ-२०७९ ३:४५
  • रेडियो ओखलढुंगा
शैक्षिक सुधारका लागि खिजिदेम्बामा साल्स परियोजना

ओखलढुंगा (रेडियो ओखलढुंगा) । शैक्षिक अवस्थालाई सुधार गर्न खिजिदेम्बा गाउँपालिकामा साल्स परियोजना सञ्चालन हुने भएको छ । विद्यार्थीको सिकाई मूल्याङ्कन गरी सोही आधारमा कार्यक्रम सञ्चालन गर्ने हेतुले साल्स परियोजना सञ्चालन गर्न लागेको हो । गाउँपालिकाभित्रका ३७ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालयको विद्यार्थीको सिकाईको अवस्था मूल्याङ्कन गर्ने परियोजनाको प्रारम्भिक चरणमा प्रधानाध्यापक, जनप्रतिनिधी, कार्यालयका शाखा प्रमुख लगायतसँग छलफल गरिएको परियोजना संयोजक अमिन शाक्यले जानकारी दिनुभयो । परियोजना अन्तर्गत विद्यार्थीको सिकाई, स्वास्थ्य, विषयगत ज्ञान, शिक्षक र विद्यार्थीको संख्यात्मक अवस्था, विद्यालयमा पूर्वाधारको अवस्था लगायतका अवस्था मूल्यांकन गरिने गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो । आगामी आर्थिक बर्षदेखि शिक्षा क्षेत्रमा सञ्चालन गर्नुपर्ने कार्यक्रमका बारेमा आधार तयार गर्न परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको गाउाँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले जानकारी दिनुभयो । मोवाइल एप्लिकेशनको माध्यमबाट विवरणहरु संकलन गर्ने र सोही आधारमा परियोजनाले प्रतिवेदन तयार गर्ने पद्धती रहेको शिक्षा शाखा प्रमुख बुद्धि मुलिचाले जानकारी दिनुभयो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top