ब्रेकिङ न्युज

मोलुङमा आमा सुरक्षा कार्यक्रमः निःशुल्क गर्भवती भिडियो एक्सरे   |  ‘अर्ग्यानिक’ खानेकुरामा जोड दिन सामुदायिक विद्यालयमा चमेनागृह   |  पाँच लाख राशीको पसी शेर्पा स्मृती भलिबल आफ्नै खेलमैदानमा   |  दावा एग्रो टुरीजम रिसोर्टमा आगलागीः एक करोडको क्षती   |  चित्रेका युवाहरुलाई शिली नृत्य प्रशिक्षण   |  खिजिदेम्बामा सोनाम ल्होसारको शुभकामना आदानप्रदान   |  मोलुङ हाईड्रोको शेयर भर्ने म्याद थप   |  विपन्न परिवारलाई जाडो छल्न कम्बल   |  

Single Image

गुम्बा निर्माणका लागि शेर्पाले दिए निःशुल्क जग्गा

  • प्रकाशित मिति: १०-माघ-२०७९ ३:५४
  • रेडियो ओखलढुंगा
गुम्बा निर्माणका लागि शेर्पाले दिए निःशुल्क जग्गा

ओखलढुंगा (रेडियो ओखलढुंगा) । खिजिदेम्बा गाउँपालिका वडा नं. ९ स्थित फाप्रे छेर्मादिङ देच्यान छोकुर छोलिङ गुम्बालाई २ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । स्थानीय साविक पात्ले ३ छेर्मादिङका जाङमु शेर्पाले गुम्बालाई २ रोपनी जग्गा निशुल्क प्रदान गर्नुभएको हो । पुरानो गुम्बा वडाको डाँडाकटेरीमा जिर्ण अवस्थामा रहेको छ । नयाँ गुम्बा निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट बजेट प्राप्त भएसँगै नयाँ ठाउँमा गुम्बा निर्माण योजना अघि बढाइएको अध्यक्ष ङाङचेम्बा शेर्पाले जानकारी दिनुभयो । नयाँ र सबैलाई पायक पर्ने गाउँकै वीचमा गुम्बा निर्माणका लागि जग्गा खोजी हुँदा शेर्पाले निशुल्क जग्गा उपलब्ध गराउनु भएको अध्यक्ष शेर्पाको भनाइ छ । शेर्पाले गुम्बाको नाममा मालपोत कार्यालय खिजीफलाटेमा गई जग्गा रजिष्ट्रेशन गरी दिएको मालपोत कार्यालय प्रमुख लालबहादुर सुनुवारले जानकारी दिनुभयो । जग्गा दान गर्नु हुने शेर्पालाई गुम्बा उद्घाटनका अवसरमा सम्मान गर्ने कार्यक्रम रहेको गुम्बा निर्माण समितिका सचिव ङावा शेर्पाले जानकारी दिनुभयो । यसअघि गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको उपस्थितीमा भएको भेलामा शेर्पाले आफ्नो नाममा रहेको जग्गा गुम्बालाई निःशुल्क दान दिने घोषणा गर्नुभएको थियो । गुम्बा निर्माणका लागि तत्काल निर्माण समितिले सम्झौता गरी काम अघि बढाउने वडा अध्यक्ष ङावाङ फुरी शेर्पाले जानकारी दिनुभयो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top